किशोर दहाल
२o७५ मङ्सिर ३ सोमबार| प्रकाशित ११:१५:५o
काठमाडौं– ‘मलाई छोराभन्दा पनि एउटा सहयोगी र एउटा साथी गुमेको जस्तो लागिरहन्छ। प्रकाशले मलाई राम्ररी बुझेको थियो’, प्रकाश पिता तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकटहरुको जमघटमा पटक पटक भन्ने गरेका छन्, ‘कतिपय कुरामा ऊ परिपक्व हुँदै थियो। तर छोडेर गयो।’
पुत्र प्रकाशका प्रसङ्गहरुमा प्रचण्ड भावुक हुन्छन् र सम्हालिन्छन्। सार्वजनिक कार्यक्रमहरुमा पनि उनको भाव भंगीमा देखिएकै हो। खासगरी प्रचण्ड पत्नी सीता दाहालको अनियन्त्रित उद्वेलनका कारण कार्यक्रमहरुमा प्रचण्ड अरु बढी नियन्त्रित जस्तो देखिन्छन्। उनलाई थाहा छ, उनी पुत्र गुमाएका पिता मात्र होइनन्, यो देशका नेता पनि हुन्।
अघिल्लो वर्ष सम्पूर्ण देश चुनावी संघारमा रहेका बेला प्रचण्डलाई पुत्र शोक परेको थियो। उनी चुनावी अभियानमा झापामा रहेका बेला काठमाडौंमा प्रकाशको निधन भएको थियो। उनको निधनले परिवारलाई परेको असरबारे दिदी गंगा दाहालले सोमबार बिहान फेसबुमा लेखिन्– तिमी बिनाको यो एक बर्ष हाम्रो लागि कहालीलाग्दो पलपल तिम्रो सम्झनामा बिते। तिमी बिनाको परिवार अधुरो छ भाइ।
स्वकीय सचिवको रुपमा बाबुलाई सघाउँदै आएका प्रकाशको निधनले प्रचण्ड परिवारलाई निकै असर पर्न सक्ने अनुमान त्यतिबेलै पनि भएका थिए। यो एक वर्षमा प्रचण्ड परिवारमा आएका अप्ठ्याराहरु केलाउने हो भने यो परिवारमा प्रकाशको अभाव महसुस भएकै छ। त्यो पारिवारिक सदस्यको रुपमा रहने आत्मियताको अभावमा मात्रै केन्द्रित छैन, प्रचण्डको राजनीतिक रणनीतिमा पनि असर परेको देखिन्छ।
‘पारिवारिक रुपमा मात्र होइन अध्यक्षज्यूलाई राजनीतिक रुपमा पनि प्रकाशको अभाव महसुस भइरहन्छ’ प्रचण्ड नजिकका एक नेता भन्छन्, ‘अझ सीता म्याडमको अवस्था त प्रकाश गएपछि साँच्चै दयनीय छ।’
हुन पनि, पुत्र प्रकाशको निधनपछि प्रचण्ड परिवारलाई परेको धेरै असरमध्ये सीता दाहालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भने धेरैले देखेका छन्। पुत्र वियोग सहनु आमाका निम्ति कष्टकर कुरा हो नै। सीता अपवाद हुने कुरा थिएन। तर प्रकाशको मृत्युपछि भने सीता सदैव असहज अवस्थामा देखिन्छिन्।
प्रकाश जीवित हुँदा आमा छोराको सम्बन्ध निकै नै घनिष्ठ थियो। त्यसले पनि प्रकाशको मृत्युले सीतालाई कहिल्यै सहज र खुसी हुनै दिएन। सार्वजनिक कार्यक्रममा होस् वा अन्य पारिवारिक जमघटमा होस् सीताको अनुहारमा खुसी देखिन छाडेको छ। बिरामी भएपछि त उनलाई सामान्य हिँडडुल गर्न समेत सहयोगी चाहिने अवस्था छ।
यसबीच उनलाई नेपालकै नर्भिक, दिल्लीको मेदान्त तथा सिंगापुरको मटी एलिजावेथ अस्पतालमा उपचार भइसकेको छ। तर सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भन्ने सिंगापुर पुगेपछि मात्रै पुष्टि भएको थियो।
सीतालाई उपचारका लागि प्रचण्डले बेलाबेलामा सिंगापुरमा लैजाने गरेका छन्। उनको उपचार र हेरचाहमा विशेष ख्याल गरिरहेका छन्। कतिसम्म भने,सीताको उपचारका लागि प्रचण्डले आफ्ना पूर्व आस्था र आदर्शमा समेत सम्झौता गरिरहेका छन्। केही दिनअघि सीताकै उपचारको निम्ति भन्दै प्रचण्ड म्याग्दीको तातोपानीमा नुहाउन पुगेका थिए। सोही जिल्लामा रहेको गलेश्वर महादेवको मन्दिरमा आरति गरेको तस्बिर समेत सार्वजनिक भएको थियो।
सीताको अस्वस्थाकै कारण प्रचण्डमा पारिवारिक तनाव र जटिलता थपिनु स्वभाविक हो। त्यसैले पनि पछिल्लो समय उनको राजनीतिक दायरा र सक्रियता पनि खुम्चिँदै गएको देखिन्छ।
अर्को कुरा, प्रचण्डमा शान्ति प्रक्रियामा आएदेखि नै असुरक्षा भाव देखिन्छ। त्यसलाई उनले बेलाबेलामा सार्वजनिक गर्ने पनि गरेका छन्। यो आम रुपमा स्वीकार गरिएको तथ्य पनि हो। तर, प्रकाशको निधन भएको केही हप्तामै प्रचण्ड निवास सरेका थिए। ०७४ मंसिर ३ मा प्रकाशको निधन भएको थियो भने प्रचण्ड २९ गते खुमलटार सरेका थिए।
खुमलटार पुग्नुमा प्रचण्डको सुरक्षा संवेदनशीलता पनि प्रमुख कारण भएको विश्लेषण हुने गरेका छन्।
प्रचण्डलाई कहाँबाट असुरक्षा छ र त्यसलाई कसरी रणनीतिक रुपमै कसरी निस्तेज तुल्याउने भन्ने ज्ञान भने प्रकाशमा थियो। बाबु प्रचण्ड, पत्रकारहरु तथा सुरक्षा निकायसँग पनि राम्रो सम्बन्ध भएका प्रकाश बाबुको सुरक्षामा तल्लीन पनि थिए। प्रचण्ड पनि छोरा प्रकाशको साथमा ढुक्क भएर हिँड्न सक्थे।
प्रकाशको मृत्युपछि प्रचण्डले उनलाई नेताको रुपमा चिनाउँदै आएका छन्। शनिबार मात्रै दोलखाको चरिकोटमा आयोजित एउटा कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘मेरो छोराभन्दा पनि एकजना उदयीमान नेता प्रकाश...।’ बोल्दाबोल्दै प्रचण्ड भक्कानिए तर आफ्नो संकेत दिइसकेर।
उनलाई नेता नै मान्ने समूह त थोरै नै छ। तर दाहाल परिवारको स्वभाविक एउटा उत्तराधिकारी भने प्रकाश थिए। युद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर उनको आरोह अवरोहलाई नजिकबाट साथ दिएका र प्रचण्ड रणनीतिमा पटकपटक प्रयोग भएका कारण प्रकाशमा प्रचण्ड कौशलको छाप परेको छैन भन्ने सकिन्न। त्यसो त माओवादी शान्ति प्रक्रियामा आउँदाताका ’नयाँ पारस’ को उपमा पाएका प्रकाश पछिल्लो समय परिपक्व पनि देखिन थालेका थिए। सोमबारको स्मृतिसभामा प्रचण्डले प्रकाशमा केही केही बालसुलभ कमिकमजोरी भए पनि उदयीमान प्रतिभाको रुपमा परिपक्व हुँदै गएको स्मरण गरेका थिए।
प्रकाशको मृत्युसँग प्रचण्डलाई सकस परेको देखिन्छ, अब कसलाई अगाडि बढाउने? हुन त अहिले राजनीतिमा दुई पात्र अगाडि देखिन्छन्, छोरी रेणु दाहाल र बुहारी बिना मगर। दुवैले दाहाल परिवारको बिँडो थाम्ने दाबी गर्नु अस्वभाविक होइन। तर, स्वयं प्रचण्ड भने कसको शीरमा हात राख्ने दोधारमा परेजस्ता देखिन्छन्। यद्यपि, यी दुवैका निम्ति उनले यथाशक्य उदारता भने देखाएका छन्।
कुन बेला कस्ता सूचना चुहाउने, कस्ता फोटा सार्वजनिक गर्ने जस्ता कुरामा प्रकाश निपुण थिए। बाबु प्रचण्डका मनको कुरा छिटो र सही रुपमा बुझ्न सक्ने उनले कतिपय कुराका बाहिरी प्रतिक्रिया बुझ्न सामाजिक सञ्जाल तथा मिडियालाई समेत प्रयोग गर्न सक्थे। बेलाबेलामा मिडियालाई समेत उपयोगी खुराक सार्वजनिक गरिदिन्थे। प्रचण्ड परिवारले तास खेलेको, प्रधानमन्त्रीका रुपमा भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रचण्डबीच भएको भेटघाटको फोटो प्रकाशले नै सार्वजनिक गरेका थिए।
प्रचण्डसँग बाबुछोरा जस्तो मात्रै नभई साथीको रुपमा समेत व्यवहार हुने भएकाले यी दुईबीच अति भावनात्मक निकटता पनि थियो। जसको परिणाम प्रचण्डको सचिवालय सञ्चालनमा समेत देखिन्थ्यो।
साथै, प्रचण्डका गोप्य भेटघाट र छलफलका लागि पनि प्रकाश सहज पात्र थिए। जसका कारण उनी आफ्नो सुरक्षा टुकडीलाई समेत जानकारी नदिई छोरा प्रकाशलाई ड्राइभिङ गर्न लगाएर जानसक्थे। गोपनीयताको चिन्ता हुँदैनथ्यो।
प्रचण्डको सचिवालयलाई प्रकाशले कुशलतापूर्वक सञ्चालन गरेको विषयमा अन्य पार्टीका नेताहरुले समेत मूल्यांकन गरेका थिए। प्रधानमन्त्री तथा पूर्व एमाले अध्यक्ष केपी ओलीले सोमबारको स्मृतिसभामा प्रकाशको सचिवालय सञ्चालन कौशलताको प्रशंसा गरेका थिए। प्रचण्डको सचिवालय सम्हाल्ने कुरा कठिन भए पनि प्रकाशमा तालमेल मिलाउन सक्ने क्षमता भएको ओलीले स्मरण गरेका थिए।
तर पछिल्लो समय प्रचण्डको सचिवालय उति परिपक्व हुन सकेको छैन। सूचनाको प्रवाहको हिसाबले पनि, संयन्त्रको हिसाबले पनि। प्रचण्डले कसैप्रति विश्वास गर्न नसकिरहेको जस्तो देखिन थालेको छ। प्रचण्डले जुन कुरा आफू नबोलेर प्रकाशको तर्फबाट आफ्नो कुरा बोल्न सक्थे, अहिले त्यस्तो अवस्था छैन।
प्रकाशको निधनपछि प्रचण्डको पारिवारिक वातावरण पक्कै उत्साहप्रद छैन। पत्नी सीता बिरामी हुनु, राजनीतिक रुपमा पनि खुम्चिँदै जानु र रक्षात्मक हुनु, रणीतिहरु पनि प्रभावकारी नहुनुको कारण प्रचण्डको मुहारबाट प्रचण्डपन हराउँदै गएको छ।
प्रकाशको अन्त्यष्टिको बेला प्रचण्डको मुहारमा धेरैले पहिलोपटक निरिहता देखेका थिए। त्यसपछिको एक वर्षमा उनको मुहारमा पनि खुसी फर्किएजस्तो देखिन्न। एकमात्र छोराको मृत्युको स्वभाविक असर प्रचण्डको अनुहार र राजनीतिक सक्रियतामा परेको छ।
प्रचण्डले छोरामात्रै गुमाएका थिएनन्। आफ्नो चाललाई बुझ्न सक्ने पार्टी सदस्य, विश्वासयोग्य सचिवालय सञ्चालक र भरपर्दो साथी पनि गुमाएका थिए।
सायद अझै लामो समय प्रकाशको यस्तो अभाव प्रचण्ड परिवारले महसुस गरिरहनेछ।
नेपाल लाइभमा प्रकाशित / https://www.nepallive.com/story/36710

No comments:
Post a Comment