२o७५ पौष ७ शनिबार| प्रकाशित १३:४८:oo
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जनताको जनवादलाई न्युनतम कार्यक्रम बनाउनुको औचित्य नभएको बताएका छन्।
पार्टीको जारी स्थायी समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै नेता खनालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको आलोचना गरेका हुन्।
'प्रतिवेदनले वैज्ञानिक समाजवादलाई अधिकतम कार्यक्रम भनेको छ। समाजवाद र साम्यवाद दुवै हो, एउटा मात्रै हो भन्न मिल्दैन', खनालको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'प्रतिवेदनले न्युनतम कार्यक्रम जनताको जनवाद भनेको छ। जनताको जनवाद, नयाँ जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, जनताको बहुदलीय जनवादको युग सकियो। फेरि जनताको जनवादलाई न्युनतम कार्यक्रम बनाउनुको औचित्य छैन।'
खनालले यस्तै प्रतिवेदन ल्याउने हो भने त्यसले गम्भीर भड्काव ल्याउने चेतावनी समेत दिएका थिए।
यस अघि शुक्रबारको बैठकमा पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठ र मणि थापाले प्रतिवेदनमा उल्लेखित ‘जनताको जनवाद’ प्रति आपत्ति जनाएका थिए। उनीहरुले अध्यक्षद्वयको प्रतिवेदन उल्लेखित ‘जनताको जनवाद’ भन्ने शब्दावलीमा पार्टी एकताको बेला सहमति नभएको बताएका थिए।
पूर्व माओवादी नेताद्वयको बोलीलाई साथ दिदै खनालले भने जनताको जनवादको भूमिका सिद्धिएको बताएका हुन्।
०७४ फागुन ७ मा तत्कालीन एमाले र माओवादीले एकताका प्रारम्भिक आधारहरु सार्वजनिक गरेका थिए। त्यसको चौथो बुँदामा भनिएको थियो– 'नेकपा (एमाले)ले अवलम्बन गरिआएको 'जनताको बहुदलीय जनवाद' र नेकपा (माओवाद केन्द्र)ले अवलम्बन गरिआएको 'माओवाद र एक्काइसौं शताब्दीमा जनवाद' सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने छ।'
त्यस्तै, ०७५ जेठ ३ गते दुई पार्टी बीच एकता गर्दा जारी गरिएको संयक्त घोषणापत्रमा भनिएको थियो– 'नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौं शताब्दीका जनवादसम्बन्धी सैद्धान्तिक एवं राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवादउन्मुख जनताको जनवादका रूपमा अगाडि बढाइनेछ।'
जारी बैठकको पहिलो दिन मंसिर २९ गते अध्यक्षद्वयद्वारा पेस गरिएको राजनीतिक प्रतिवेदनमा अधिकतम कार्यक्रमको रुपमा वैज्ञानिक समाजवाद र न्युनतम कार्यक्रमको रुपमा जनताको जनवादलाई सैद्धान्तिक एवं नीतिगत विषयलाई पार्टी एकताको मुख्य आधार बनाइएको उल्लेख छ।
एकीकरण प्रक्रियामा भएको ढिलाइका विषयमा पनि खनालले असन्तुष्टि व्यक्त गरेका थिए। 'तलका कमिटी विघटन गरेपछि तीन महिनाभित्र एकीकरण गरिसक्नुपर्थ्यो', उनले भनेका थिए।
खनालले मापदण्ड बनाएर तल्ला कमिटी र जनवर्गीय संगठनको एकता तुरुन्त सक्नुपर्ने बताएका थिए। उनले केन्द्रीय सदस्यको कार्यविभाजनलाई छिटो सक्न भनेका थिए। 'स्थायी समितिले व्यवस्था गरेभन्दा फरक विधान प्रकाशित भएको भन्दै नेता खनालले त्यसलाई टुङ्गो लगाउन माग गर्नुभयो', ती नेताले भने।
बैठकमा खनालले दुई तिहाइ समर्थन भएको बलियो सरकार जनताको नजरमा भने लोकप्रिय हुन नसकेको भन्दै सरकारका काम कारबाहीको आलोचना गरेका थिए।
उनले एकीकरण सम्बन्धी दस्तावेज अहिलेसम्म प्रकाशित नभएको भन्दै त्यसप्रति विमति जाहेर गर्दै कारण समेत माग गरेका थिए।
नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/39089

No comments:
Post a Comment