Pages

Friday, December 28, 2018

गगनले सोधे– सदनमा पटकपटक मेरो माइक किन काटिन्छ?

२o७५ पौष १३ शुक्रबार| प्रकाशित १६:४३:oo

काठमाडौं– प्रनितिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बोल्न दिइएको समयभन्दा अघि नै माइक काटिएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले आपत्ति प्रकट गरेका छन्।

‘मलाई पार्टीले ४ मिनेट छुट्याएको थियो। तर, सभामुखले ३ मिनेट समय दिएर बोलाउनु भयो। तर समयभन्दा अघि नै माइक काटियो, यसमा मेरो आपत्ति छ’, सांसद थापाले भने, ‘यसअघि पनि यस्तो भएको छ, यसपटक पनि भयो, यो के भइरहेको छ मैले बुझिरहेको छैन। पटकपटक माइक किन काटिन्छ?’

कांग्रेस नेता तथा सांसद थापाले आफूलाई बोल्न दिइएको समयअघि नै माइक काटिएको बताएपछि हामीले सदनको भिडियो रेकर्ड हेर्‍यौं।

शुक्रबारको संसद् बैठकमा थापा १ बजेर २४ मिनेट २० सेकेन्डदेखि बोल्न सुरु गरेका रहेछन्। १ बजेर २६ मिनेट ५३ सेकेन्ड हुँदा उनको माइक काटिएको रहेछ।

सभामुख महराले सांसद थापालाई दिएको समयभन्दा अघि माइक काटिएपछि थापाले आफ्नो दलका प्रमुख सचेतक बालकृष्ण खाँडलाई यसबारे जानकारी गराएका थिए। कांग्रेस सचेतक खाँडले सभामुखलाई समय घटाउने र बढाउने अधिकार नहुने भन्दै यसबारे सदनमै आपत्ति जनाएका छन्।


‘बीचमै माइक काटिएको प्रति आपत्ति जनाएपछि सभामुखबाट मैले संसदको घडी बिग्रिएको जवाफ पाएँ’, कांग्रेस सचेतक खाँडले भने, ‘समय कटौती गरिने कुरा आपत्तिजनक छ।’

                             प्रधानमन्त्रीका दुई रुचि छन् - कि पोल कि बोल

बैठकमा कांग्रेसका तीन सांसदले बोल्नका लागि १२ मिनेट छुट्याइएको थियो। कार्यव्यवस्था समितिमा भएको समहमतिका आधारमा कांग्रेस नेता थापालाई बोल्नका लागि सभामुखले ४ मिनेट छुट्याएर बोलाएका थिए।

थापाले बैठकको विशेष समयमा कर्मचारी समायोजन अध्यादेशका बारेमा आफ्ना विचार राख्दै थिए। तर, छुट्याइएको ४ मिनेट नदिएर झन्डै २ मिनेट ३० सेकेन्डमा आफ्नो माइक अवरुद्ध गरिएपछि उनले असन्तुष्टि जाहेर गरेका हुन्।

‘दिएको समय कसैको पनि कम गर्न पाइँदैन। विषय हेरेर बरु १० सेकेन्ड जति थपिन्छ’, उनले भने, ‘मैले बालकृष्ण ढुंगेलको विषयमा बोल्ने क्रममा पनि २ः३० मिनेटमै काटिएको थियो।’

नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/39571 

No comments:

Post a Comment