किशोर दहाल
कात्तिक १६, २०७५| प्रकाशित ०६:५३
काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ। गत साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
यसबीचमा छानबिनका लागि झन्डै आधा दर्जन समिति बनिसक्दा पनि अनुसन्धानमा खासै उपलब्धि हुन सकेको छैन। निर्मलाका निम्ति न्यायको माग गर्दै सडकमा संघर्ष गरिरहेकाहरु अहिले पनि सडकमै छन्।
यो सय दिनका बीचमा हाई प्रोफाइलबाट आएका ५ अभिव्यक्तिहरु नेपाल लाइभले स्मरण गरेको छ। जुन विवादित बनेका थिए।
'अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौं'
भदौ २२ गते कञ्चनपुरमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह पनि सहभागी थिए। त्यहाँ उनले भने, 'निर्मलाका अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौं। सागरको सात तलामुनि छिरेको भए पनि खोजेर ल्याइन्छ। यो घटना जघन्य, पाशविक र क्रुर अपराध हो। दोषी उम्कनु हुँदैन।'
'पुँजीवादले बलात्कार बढायो'
असोज १० गते राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी थिए, गृहमन्त्री रामबहादुर थापा 'बादल'। बैठकको सुरुमै बोलेका उनले बलात्कारको घटनाको दोष पुँजीवादतिर थोपरे। उनले भने, 'अझै पनि समाजमा सामन्ती संस्कार बाँकी छ, पुँजीवाद हावी छ। पुँजीवादले यस्ता हिंसा र बलात्कार जन्माउँछ । पुँजीवादले महिलालाई नाफा कमाउने मालका रूपमा बिक्री गर्छ।
पुँजीवाद भएका ठाउँमा बलात्कारका घटना र वेश्यावृत्ति हुन्छन्। अमेरिकामा पनि ‘रेप’ हुन्छ, हत्याकाण्ड हुन्छ, भारतमा पनि हुन्छ। यस्ता घटना नयाँ होइनन्, यो सरकार आएपछि मात्र भएका होइनन्।'
'मेयरको आँगनमा लास'
यो अभिव्यक्ति प्रधामन्त्रीको हो। भदौ २० गते नेपाल टेलिभिजनबाट प्रसारित 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा उनले निर्मला पन्त प्रकरणमा राजनीति भएको संकेत गर्दै उनले प्रस्तोतालाई पुनर्प्रश्न गरेका थिए, 'म यति भन्छु कि राजनीति मिसिनु हुँदैन। मिसाउनु हुँदैन। पोस्टमार्टम गरेर घरमा लगेको लास घरबाट उठाएर मेयरको घरमा पुर्याउनुपर्ने, यो के भएको? परिवारले त सद्गत गर्न लाँदै थियो। उनीहरुबाट खोसेर लगेर मेयरको आँगनमा लास लानु भनेको के हो? यसभित्र के छ त?'
मेयरको घरमा निर्मलाको शव लगेको कुरा झुठो थियो। प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिप्रति भदौ २७ मा निर्मलाकी आमा दुर्गादेवीले नेपाल लाइभसँग गुनासो गरेकी थिइन्। त्यतिबेलासम्म बम दिदीबहिनी पनि घटनाको मतियार हुन सक्ने भन्दै शंकाको घेरामा थिए।
तर प्रधानमन्त्रीले भने, 'हामी महिला अस्मिताको कुरा गरिराखेका छौं। महिलामाथिका हिंसाका कुरा गरिराखेका छौं। छानबिन हुन दिऔं। त्यो सम्बन्धित भनिएको घरका दुई जना दिदीबहिनीको अपराध छ भने उनीहरुलाई कारबाही गरौं। तर कारबाही गर्नुभन्दा अगाडि उनीहरुलाई केके भनिएको छ? केके गरिएको छ? समाजले के गरेको छ? यस्तो गर्नुहुन्छ? महिला हिंसा भएन? तिनीहरु दोषी हुन् कि होइनन्? पहिले छानबिन हुनुपर्यो। छानबिनबाट दोषी देखिन्छन् कि देखिँदैनन्। प्रमाणित हुन्छन् कि हुँदैनन्। ती पनि महिला होलान्। अविवाहित केटी होलान्। तिनको पनि जीवन होलान्। तिनका पनि सपनाहरु होलान्। ती पनि महिला हुन्, तिनको पनि इज्जत छ। अनुमानको भरमा तथानाम? यति जान्थे, यस्तो उस्तो गर्थे, उहाँ जान्थे, डान्सबार। यस्ता कुराहरु उछालेर र झुठ र अनुचित कुराहरु उचालेर हुन्छ? एउटा बालिका मारिएको छ, अरु बालिकाहरुमाथि अप्रमाणित, भयंकर क्रुर आक्रमण छ। यो महिला हिंसा होइन? यस्तो कुरामा समाज संवेदनशील हुनुपर्छ।'
'अनावश्यक रुपमा राजनीतिकरण भएको छ'
असोज १७ गते चितवन पुगेका गृहमन्त्री थापाले घटनालाई अनावश्यक राजनीतिकरण भएको बताएका थिए। कैयौं विषयहरु सरकारले चाहँदाचाहँदै पनि समय लिन सक्ने र अपराधीहरु १३ वर्षपछि कानुनी कठघरामा आएका दृष्टान्त दिँदै उनले भने, 'यस्ता निर्मला भनेको चाहिँ सयौं छन्, जो बलात्कृत भएका छन्। तपाईंले तथ्यांक हेर्नुभयो भने अहिलेसम्म यो समाजमा, यो सरकार आउनुभन्दा अगाडि पनि र त्योभन्दा अगाडि पनि हाम्रा दिदीबहिनीहरु दैनिक रुपमा सयौंको संख्यामा बलात्कृत हुँदै आएका छन्। त्यसको उपर सरकारले आफ्नो कानुन र कारबाही गर्दै आएको छ।
जहाँसम्म अहिले निर्मला पन्तको जो सन्दर्भ उठेको छ, यो सरकारले छानबिन गरिराखेको छ। अपराधीहरुलाई कानुनको घेरामा ल्याउने प्रयत्न गरिराखेकै छ। त्यो हुँदाहुँदै पनि जसरी यो विषयलाई उछालिएको छ। यो विषयले के देखाउँछ त भने यसलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको छ।
यदि सरकारले अपराधीहरुलाई कानुनको कठघरामा ल्याउने, अनुसन्धानको प्रक्रिया नथाल्ने वा सन्दिग्ध दोषीहरुलाई बचाउने कोसिस गरेको भए सरकारले आफ्नो दायित्व पूरा गरेको छैन भन्ने हुन्थ्यो। तर जसरी विषयलाई उछालिएको छ, यसले वास्तवमा यो विषयलाई अपराधलाई राजनीतिकरण गरिँदैछ।'
१२ वर्ष लाग्न सक्छ
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा सेप्टेम्बर २८ मा पत्रकार सूर्य थापासँगको टिभी अन्तर्वार्तामा १२ वर्षअघिका अपराधमा संलग्नहरू अहिले पत्ता लागिरहेको सन्दर्भ जोड्दै पन्त प्रकरणमा पनि त्यस्तै हुन सक्ने बताएका थिए।
उनले भने, 'कोही कोही ठाउँमा हुन सक्छ, कुनै हिसाबले कसैको संलग्नताको कुरालाई ढाकछोप गर्ने प्रयास स्वरुप पनि अल्मलिएको हुन सक्छ। सबै ठाउँमा पत्ता नलागेको छैन। नेपालमा अपराध पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ, माथि नै छ र १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन्। अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो। यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दा रहेछन्। अर्थात् १२ वर्ष त पत्ता लागेको थिएन नि त। कहिले कहिले १२ वर्ष पनि पत्ता लाग्दो रहेनछ अपराध।
अपराध पत्ता लाग्न समय लाग्न पनि सक्छ। तर, के सरकार अपराध ढाक्न लागेको छ? के अहिले कुनै अपराधी जोगाउनुपर्छ भनेर लागेको छ? त्यस्तो लागेको छैन। अब कोही यस्तो हुन सक्दछ, कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शतप्रतिशत मान्छे ठिकै छ भन्न सकिन्न होला। त्यस्तो मान्छेहरुको पनि घुसपैठ हुन सक्छ। तर, राज्यको तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ।'
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/35496

No comments:
Post a Comment