किशोर दहाल
भदौ २७, २०७५| प्रकाशित १५:०३
काठमाडौं– निर्मला पन्त बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्च स्तरीय छानबिन समितिका एक जना सदस्य वीरेन्द्र केसीले दिएको राजीनामा दुई दिनपछि फिर्ता लिए।
सोमबार राजीनामा दिँदा केसीले भनेका थिए, 'घटनाको छानबिनको क्रममा सत्यतथ्य र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा म र मेरा परिवारलाई शक्तिशाली अपराधीबाट जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग, मानवअधिकार प्रवर्द्धन गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सरकार र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाका लागि सहयोगको अपिल गर्दछु।'
बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनै केसीले आफूलाई असुरक्षित महसुस गराउने व्यक्तिबारे बताएका छन्। उनले मोटरसाइकलमा आएका एक व्यक्तिले 'तपाईं एक्लै हुनुहुन्छ, अलि ख्याल गर्नुस् है' भनेका कारण आफू सशंकित भएको बताए। उनका अनुसार घटना १५ गतेको हो। त्यस दिन समितिका सदस्यको तर्फबाट आफू मात्रै घटनास्थलमा पुगेको बताएका छन्।
'मैले साइकल फालिएको 'डेमो' गर्न चाहेँ। पानी त्यो बेलामा कति थियो, त्यो पनि नाप्नुपर्यो भन्ने उद्देश्यले सिडियोसँग गाडी मागेर गएँ। मैले निर्मला पन्तका बाबु र साइकल भेट्ने मान्छेलाई लगेको थिएँ। तर बिस्तारै मानिसहरु बढ्दै गए,' उनले थपे, 'त्यही क्रममा एक जना मोटो मान्छे मोटरसाइकलमा आउनुभयो। त्यसपछि उहाँले मलाई भन्नुभयो– 'सर तपाईंको काम सराहनीय छ, स्वागतयोग्य छ। तर यहाँ पहिले पनि मानिसलाई ट्रकको ब्रेक फेल भयो भनेर किचेर मारेका छन्।'
त्यस व्यक्तिको कुरामा ध्यान नदिई पानी नाप्नेतिरै व्यस्त भएका बेला 'तपाईं एक्लै हुनुहुन्छ, अलि ख्याल गर्नुस् है' भन्दै उक्त व्यक्ति गएको केसीले बताए। 'उहाँले त्यो भनिसकेपछि म सशंकित भएँ। म चाँडो काम सकाएर जिल्ला प्रशासन कार्यालयतिर आएँ। त्यसपछि म एक्लै जान छाडेँ,' उनले भने।
आफूले मोटरसाइकलको नम्बर टिप्न भने नभ्याएको केसीले बताए।
यसैबीच, केसीले बुधबार बिहान गृहमन्त्री लगायतका व्यक्तिसँग २ घन्टा भेट भएको बताए। भेटमा आफूले सुरक्षाको ग्यारेन्टी पाएको बताए। 'मैले आफू असुरक्षित भएको बताएँ,' उनले भने, 'तपाईंले जे सुरक्षा चाहिन्छ राज्यले त्यसको व्यवस्था गर्छ भन्ने प्रतिबद्धता पाएको छु।'

यो पनि पढ्नुहोस्:
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/31939
No comments:
Post a Comment