नेपाल लाइभ
असोज २४, २०७४| प्रकाशित १८:३९
निष्ठाको राजनीति गरेको भनेर जनतालाई विश्वास दिलाउन सक्ने थोरै नेतामध्ये पर्छन् चित्रबहादुर केसी । लामो समयदेखि राष्ट्रिय जनमोर्चाको अध्यक्षसमेत रहेका उनी करिब नौ महिना केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि भए । मन्त्री हुँदासमेत उनी आफ्नो निष्ठावान् छविलाई जोगाउन सफल रहे।
मन्त्रीकै तहबाट हुने भ्रष्टाचारलाई आफूले नजिकबाट नियालेको बताउने केसीसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी:
पछिल्लो समय भ्रष्टाचारका खबरहरु मिडियामा निकै आइरहेका छन् । तर, दलका नेताहरु बोल्दैनन् । किन?
त्यो भ्रष्टाचारमा दलहरु नै सामेल भएकाले नबोलेका हुन् । जो बोलिरहेका छन्, तिनीहरुको मिडियामा प्रचार नभएको स्थिति पनि छ । हाम्रै पार्टीले पनि निरन्तर बोलिरहेको छ, वक्तव्य दिइरहेको छ, सम्बन्धित ठाउँमा ध्यानाकर्षण गराइरहेका छौं । तर, सुनुवाइ हुन्न । हुन त मिडियालाई नै बानी परिसकेको जस्तो छ, यस्तै रहेछ भन्ने । लेखेर र बोलेर के हुने रहेछ भन्ने लागिरहेको छ।
भ्रष्टाचारीहरुसँगको अन्तर्सम्बन्धले राजनीति दूषित बन्दै गएको त सही हो नि !
छिट्टै पैसा कमाउने, सम्पन्न बन्ने पेसाको रुपमा राजनीतिलाई लिन थालियो । सबैलाई भन्न मिल्दैन तर राजनीतिमा लागेको ठूलो संख्या चाहिँ भ्रष्टाचारमा संलग्न छन् । त्यसैले पनि मुलुक यस्तो अवस्थामा पुगेको हो।
उनीहरुलाई भ्रष्टाचार गर्नुपर्ने जरुरी किन पर्छ ? जबकि उनीहरु त राजनीति भनेको सेवा हो भनिरहेका हुन्छन्!
जब राजनीतिमा लाग्नुको आदर्शलाई त्यागिन्छ, त्यतिबेला त्यो कमाउने र राष्ट्रलाई लुट्ने पेसा बन्छ । काठमाडौंमा घर किन्न, गाडी किन्न, छोरालाई डाक्टर पढाउन, छोरीलाई पाइलट बनाउनतिर केन्द्रित हुन्छ । पहिले राणाकालमा, पञ्चायतकालमा देश र जनतालाई मुक्त बनाउने, सात्विक जीवन जिउने भन्ने जुन प्रशिक्षण लिएका थिए, त्यो त कहाँ पुग्यो पुग्यो । त्यस्ता कुरा अहिले त अरुलाई सुनाउन मात्रै काम लागेको छ । मैले नौ महिना क्याबिनेटमा बसेर देखेको छु- मान्छे किन मन्त्री बन्न खोज्दा रहेछन् ! मन्त्री बनेर पनि कमाउन केके गर्दा रहेछन्!
उनीहरुलाई पैसा चाहिँ कसरी जुट्छ?
अहिले त चुनाव जित्ने बेलामा पनि करोडौं खर्च गर्न थालिएको छ । ठेकेदार, तस्कर, अपराधीहरुबाट पैसा ल्याउँछन् । चुनाव जितेपछि त्यो पैसा त फिर्ता गर्नुपर्यो । आउँदो चुनावलाई पनि पैसा जोहो गर्नैपर्यो । भ्रष्टाचार नगरी त्यो सम्भव हुँदैन । अब सबैले खर्च गरेर चुनावमा जित्ने सम्भावना नै छैन । करोडौं खर्च गर्न करोडौंको कारोबारी हुनुपर्यो, त्यो हैसियत सबैको हुन्न।
पहिलो संविधानसभामा १८ जना जति विनोद चौधरी जस्ता ठूलो उद्योगपति आएका थिए । अहिले पनि ठूलाठूला कारोबारीहरु छन् । बैंकर्स, मेडिकल सञ्चालक, ठेकेदार, निजी कलेज सञ्चालक, सहकारीका माफियाहरु छन् । नीति नियम, ऐन कानुन बनाउने बेलामा उनीहरुले प्रभावित गर्छन् र निरन्तरको फाइदाको उपाय अपनाउँछन्।
तपाईं सरल नेताका रुपमा चिनिनुहुन्छ । तर, चुनाव जित्न तपाईंको पार्टीलाई किन हम्मे पर्छ?
देश यस्तो पछाडि पर्नुमा नेताको नालायकीपनले मात्रै होइन, जनताको चेतना नपुगेर पनि हो । अहिले पनि नेपाली समाज कुनै दलको सिद्धान्त, नीति तथा कार्यक्रम र आचरण हेरेर होइन कि पार्टीको भुलभुलैयामा फसिरहेका छन् । कतिपय मतदाता त पार्टीका बन्दी नै जस्तो छन् । वर्षभरि भ्रष्टाचार र अपराध गर्यो भनेर गाली गर्छन् । जब मत दिने दिन आउँछ, फेरि उनीहरुलाई नै दिन्छन् । मुख्यगरी बिग्रेको यहीँबाट हो।
धेरैले सुनाउँछन्, हाम्रो पार्टीका नेता भ्रष्टाचारी छन्, खराब छन् । तर, पहिल्यैदेखि त्यसैमा लागिहालियो, बाबुबाजे पनि त्यसैमा लागेका हुन्, म पनि त्यतै लागिहालेँ भन्छन् । यस्तो निरीहता व्यक्त गर्छन् । त्यसैले यो विकृति आउनुमा नेताहरुलाई मात्रै सराप्ने होइन, जनताको चेतनाको आलोचना गर्न जरुरी छ।
यसको अर्थ जनता सचेत छैनन्?
सधैं यस्तो हुन्न । त्यो विकृतिको अन्त्य पनि जनता जागेका दिन मात्रै हुन्छ । कांग्रेस र माओवादीको नीति र कुनै बेलाको एमालेको नीति जनताले बुझेको दिन यो अवस्था रहन्न।

No comments:
Post a Comment