किशोर दहाल
बैशाख २१, २०७५| प्रकाशित १७:४८
काठमाडौं- नेपाली कांग्रेसले रिक्त रहेको पदाधिकारी चयन गरेको छ। नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्रीमा र डा प्रकाशशरण महतलाई सहमहामन्त्रीमा बहुमतले चयन गरेको हो।
बैठकमा सहभागी सदस्यहरुमध्येबाट बहुमतले पदाधिकारी चयन गरिएको हो। 'एउटा राजनीतिक दलमा कुनै निर्णय सर्वसम्मत रुपमा र कहिले बहुमतबाट हुन्छ', पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'यसलाई स्वभाविक रुपमा लिनुपर्छ।'
'महाधिवेशन भएको २ वर्षसम्म पदाधिकारी चयन नहुँदा उत्पन्न भएका सबै प्रश्न आजदेखि अन्त्य भएको छ। आजदेखि नै नयाँ पदाधिकारीले काम सुरु गर्नुहुनेछ,' शर्माले भने।
पदाधिकारीमा चयन भएका निधि, खड्का र महत सभापति देउवानिकट नेताहरु हुन्।
पदाधिकारी चयन हुँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने असन्तुष्ट छ। बैठकमा पौडेल पक्षधरका केही नेता बीचमै उठेर हिँडेका थिए।
नेता प्रकाशमान सिंहले निर्णय विधान विपरीत भएकाले बैठक बहिष्कार गरेको बताएका छन्। 'यो मिचाहा प्रवृत्तिले पार्टी यसरी चल्दैन, यो बैठक पनि विधान विपरीत छ र निर्णय पनि विधान विपरीत छ,' उनले भने, 'यो विवादलाई पार्टीको तल्लो तहसम्म लैजान्छौं।'
सिंहले बैठकमा सहमति गरेर जाऊँ भनेका थिए। तर, संस्थापन पक्ष सहमत नभएपछि उनी बैठकबाट बीचमै निस्किएका थिए। महाधिवेशनमा पौडेल पक्षबाट चुनाव लडेका महामन्त्री शशांक कोइराला भने निर्णय प्रक्रियाको अन्तिमसम्म बसेका थिए।
गत १७ गतेका लागि बोलाइएको निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरको विरोधपछि स्थगित गरेर आजका निम्ति बोलाइएको थियो।
कांग्रेसमा महाधिवेशन भएको २ महिनाभित्र चयन गरिसक्नुपर्ने पदाधिकारी २६ महिनासम्म पनि चयन हुन सकेको थिएन।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/23114

No comments:
Post a Comment