Pages

Wednesday, May 30, 2018

निर्वाचित केन्द्रीय समितिको बैठकप्रति पौडेल पक्षको घोर आपत्ति

किशोर दहाल

बैशाख १६, २०७५| प्रकाशित २२:५७

काठमाडौं- सभापति देउवा पक्षधरले रिक्त पदाधिकारी चयनका लागि सोमबार बिहान निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएकोप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कडा आपत्ति प्रकट गरेको छ।गत चैत ९ देखि जारी केन्द्रीय कार्यसमिति बैठकको अन्त्य गर्दै पदाधिकारी चयनका लागि सोमबार बिहानका लागि बैठक बोलाइएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिएका थिए।

बैठकको निर्णय सुनाउनको लागि गरिएको प्रवक्ता र महामन्त्रीको पत्रकार सम्मेलन सकिए लगत्तै पार्टी कार्यालयमै पौडेलले पत्रकार सम्मेलन गरेर सोमबार बोलाइएको बैठकको विरोध गरेका हुन्। 'भोलि बोलाइएको बैठक आपत्तिजनक छ', पत्रकारहरुसँग पौडेलले भने।पौडेलले सल्लाह र सहमति नगरी बैठक बोलाइएको त्यो बैठक विधान र नियम विपरीत भएको भन्दै पौडेलले आपत्ति प्रकट गरेका हुन्।'महाधिवेशन सकिएको दुई महिनाभित्रै नियुक्त गरिसक्नुपर्ने पदाधिकारी चयन दुई वर्षसम्म नगरेपछि त्यो पदहरु स्वत रिक्त हुन्छ', पौडेलले भने।यस्तै, केन्द्रीय कार्यसमिति बैठक समापनका क्रममा चुनावी हारबारे सभापति शेरबहादुर देउवाले जिम्मेवारी नलिएकोमा पनि पौडेलले आपत्ति जनाए।


उनले बैठकका निर्णय बहुमतले गरिएको पनि उनले असन्तुष्टि जनाए। तर 'नोट अफ डिसेन्ट' भने नलेखिएको उनले प्रष्ट पारे। 'नोट अफ डिसेन्ट लेख्दा पार्टी नराम्रो सन्देश जान्छ, त्यसैले नलेखिएको हो', उनले भने।पौडेलले भोलिको बैठकमा आफ्नो पक्ष कडा रुपमा प्रस्तुत हुने संकेत गरे। आक्रोशित हुँदै उनले भने- 'भोलिको कुरा भोलि नै थाहा हुन्छ।'पार्टीको विधानमा निर्वाचित केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने उल्लेख छ। ०७२ सालमा पार्टी महाधिवेशन भए पनि पदाधिकारीहरुको चयन भने हुन सकेको छैन।

नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/22807

No comments:

Post a Comment