आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको टुंगो लगाएको छ। सरकारले वाम गठबन्धनको सहमति लिने केही दिनदेखि गरेको प्रयास असफल भएपछि आज सरकारको नेतृत्व गरिरहेको कांग्रेसले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरेको हो।
ती दुई दलका तर्फबाट एकएक जना (प्रदेश २ र ५ मा) र कांग्रेसका तर्फबाट पाँच जना प्रदेश प्रमुख नियुक्त भएका हुन्।
यस्ता छन् प्रदेश प्रमुखहरू:
प्रदेश नम्बर १- गोविन्द सुब्बा।
प्रदेश नम्बर २- रत्नेश्वरलाल कायस्थ।
प्रदेश नम्बर ३- अनुराधा कोइराला।
प्रदेश नम्बर ४- बाबुराम कुँवर।
प्रदेश नम्बर ५- उमाकान्त झा।
प्रदेश नम्बर ६- दुर्गाकेशर खनाल।
प्रदेश नम्बर ७- मोहनराज मल्ल
...
प्रदेश प्रमुख सँगै सरकारले प्रदेशको अस्थायी राजधानी पनि तोकेको छ। प्रदेशसभाको दुई तिहाइले राजधानी फेर्न सक्ने छ। कुन प्रदेशको अस्थायी राजधानी कहाँ:
प्रदेश १ को विराटनगर
प्रदेश २ को जनकपुर
प्रदेश ३ को हेटौंडा
प्रदेश ४ को पोखरा
प्रदेश ५ को रुपन्देही
प्रदेश ६ को सुर्खेत
प्रदेश ७ को धनगढी
...
प्रदेश प्रमुख: सिएनएन हिरोदेखि नेताका सम्धीसम्म
प्रदेश १ गोविन्द सुब्बा
पुराना कांग्रेस कार्यकर्ता। ०४९ मा धरानबाट मेयरमा कांग्रेसका तर्फबाट प्रत्यासी थिए। कांग्रेसको सिफारिस।
प्रदेश २– रत्नेश्वर कायस्थ
नेपाल सरकारका पूर्वसचिव हुन्। पहिलो संविधानसभाका समानुपातिक सभासद।सिफारिस समाजवादी फोरमको सिफारिस।
प्रदेश ३– अनुराधा कोइराला
भारतीय कोठीहरूमा बेचिन बाध्य नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा क्रियाशील संस्था माइती नेपालको संस्थापक
अध्यक्ष हुन्। ओखलढुंगामा जन्मिएकी। सन् २०१० मा सिएनएन हिरोबाट सम्मानित। उनी पछिल्लो प्रदेश र प्रतिनिधिसभा
निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेकी। कांग्रेसबाट सिफारिस।
प्रदेश ४– बाबुराम कुँवर
पूर्व महान्यायाधिवक्ता। कांग्रेसनिकट कानुन व्यवसायीको संगठन
डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्ष समेत रहेका कुँवरलाई ०७० फागुन ५ मा तत्कालीन सुशील कोइराला सरकारले महान्यायाधिवक्ता नियुक्त गरेको। कांग्रेसबाट सिफारिस।
प्रदेश ५-उमाकान्त झा
झा खिलराज रेग्मी सरकारमा ऊर्जा, सिंचाइ र विज्ञान मन्त्री थिए। उनले सिंचाइ र उद्योग मन्त्रालयका सचिवबाट अवकाश
पाएका थिए। धनुषाका झा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन्। उनलाई राजपाको तर्फबाट प्रदेश प्रमुखमा सिफारिस गरिएको हो।
प्रदेश ६– दुर्गाकेशर खनाल
सुर्खेत कांग्रेसका संस्थापक नेता। पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का लगायतका कांग्रेसीहरु उनका चेला हुन्। उनी स्थानीय जनपब्लिक
हाइस्कुलमा अध्यापन पनि गर्थे। खनाललाई ०४८ सालमा कांग्रेसले
राष्ट्रियसभामा मनोनीत गरेको थियो। कांग्रेसबाट सिफारिस।
प्रदेश ७- मोहनराज मल्ल
मल्ल राप्रपाका पुराना नेता हुन्। बहुदलपछि पहिलो संविधानसभाको चुनावसम्म उनी राप्रपाबाटै चुनाव लडे पनि पछि उनी कांग्रेसमा प्रवेश गरेका थिए। कैलालीका। कांग्रेसबाट सिफारिस।

No comments:
Post a Comment