किशोर दहाल
अन्तत: डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले तारेखमा छाड्ने आदेश दियो। उनलाई सोमबार अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको थियो। उनी सोमबारदेखि अनसनमा समेत थिए।
४ वर्षअघि आफ्नै अनसनको बलमा सरकारले वर्खास्त गरेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का तत्कालीन डिन डा शशि शर्मालाई आइतबार सर्वोच्च अदालत पुनर्वहाली गर्न आदेश दिएपछि डा केसी आक्रोशित बनेका थिए।
डा केसीले ' पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस्। तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस्' भन्ने मागसहित सोमबारदेखि १४ औं अनसन सुरू गरेका थिए।
डा केसीले आइतबार र सोमबार अदालतको मानहानी गर्ने गरी अभिव्यक्ति दिएको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले टिप्पणी उठाएर अवहेलना मुद्दा दायर गरेका थिए। उक्त टिप्पणीमाथि आदेश गर्दै सर्वोच्चले मंगलबार बिहान ९ बजे गृह मन्त्रालय मार्फत केसीलाई सर्वोच्चमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयको नाममा आदेश दियो।
सर्वोच्च अदालतको आदेशका आधारमा राति आठ बजे नै प्रहरीले डा केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गर्यो।
डा केसीले मंगलबार अदालतमा बयान दिए। आज उनलाई तारेखमा छुटे।
स्वास्थ्य क्षेत्रमा सुधारका लागि भन्दै उनी पटकपटक संघर्ष गरिरहेका छन्। अहिले पनि अनेक अदालती झमेलाका बीच उनी अनसनरत नै छन्। सोमबार राति पक्राउ गरेर डा केसीलाई अनामनगस्थित महानगरीय प्रहरी वृत्त सिंहदबारको हिरासतमा राखिएको थियो। उनले त्यहाँ पनि अनसन जारी राखे। मंगलबार पनि उनले वीर अस्पतालमा अनसन जारी राखे। आज बुधबार उनी शिक्षण अस्पतालमा अनसनमै छन्।
तर, आजै स्वास्थ्य 'फलोअप'का लागि केपी शर्मा ओली बैंकक प्रस्थान गरे।
उनको उपचारको लागि राज्यले ठूलो धनराशी खर्चिसकेको छ। 'नेपाल साप्ताहिक'मा यसै साता प्रकाशित एउटा तथ्यांकअनुसार ओलीको उपचारमा राज्यकोषबाट १ करोड २६ लाख खर्च भइसकेको छ।
जाँदाजाँदै ओलीले डा केसीमाथि व्यंग्य समेत गरेका थिए। निर्वाचन आयोगलाई सुझाव दिँदै ओलीले भने- 'कानुनबारे केही अलमल भए डा गोविन्द केसीसँग बुझे हुन्छ। उहाँ हिजोआज अदालतसँगै भिडिरहनुभएको छ।'
ओली विगतदेखि नै डा केसीप्रति सकारात्मक छैनन्। एमालेका नेता कार्यकर्ताको लगानी रहेको मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग राखेर उनी अनसन बसेपछि एमालेका सानाठूला नेताहरू उनीप्रति सकारात्मक पाइँदैनन्।

No comments:
Post a Comment