किशोर दहाल
काठमाडौं– प्रदेश १ मा १४ वटा जिल्ला छन्। जसमध्ये मंसिर १० गते ७ वटा जिल्लामा चुनाव हुन गइरहेको छ। यी सातै वटा जिल्लामा प्रतिनिधिसभातर्फ एक–एक वटा निर्वाचन क्षेत्र छन्। ७ वटै निर्वाचन क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा खसेको मतलाई विश्लेषण गर्ने हो भने वामपन्थी गठबन्धन निकै बलियो देखिन्छ। यहाँका ६२ वटा स्थानीय तहमध्ये एमालेले २९, कांग्रेसले २८ र माओवादीले ५ तहको नेतृत्व गरिरहेका छन्।
गाउँपालिका÷नगरपालिका प्रमुखमा भएको जितको हिसाबले एमाले र कांग्रेसबीच ठूलो मतअन्तर नदेखिए पनि कुलमतलाई जोड्दा एमाले अघि छ। त्यसमा माओवादीलाई प्राप्त भएको मत जोड्ने हो भने उनीहरुको गठबन्धनले प्रायः सबै सिटमा जित्न सक्छन्। गठबन्धनको कुल मत कांग्रेसको तुलनामा झन्डै ८० हजारभन्दा बढी हुन आउँछ।
मंसिर १० गते हुने चुनावमा गठबन्धनका तर्फबाट एमालेले ५ र माओवादीले २ ठाउँमा उम्मेदवारी दिएका छन्। स्थानीय तहको मतलाई यथावत मान्ने हो भने ७ मध्ये ४ वाट निर्वाचन क्षेत्रमा एमाले एक्लैले जित निकाल्न सक्छ। तर, एमालेको बढी मत आएका ४ क्षेत्रमध्ये ३ वटामा मात्रै उसको उम्मेदवारी छ। एमालेका उम्मेदवारी परेका बाँकी २ क्षेत्रमा कांग्रेसको मत बढी छ। माओवादीको उम्मेदवारी परेका २ क्षेत्र मध्ये एकमा एमाले बलियो छ भने एकमा कांग्रेस। तर, गठबन्धनको मत धेरै नबाडिए एकअर्काको मतको सहयोगले एमाले र माओवादीले जित्न सक्ने सम्भावना देखिन्छ।
७ मध्ये ४ वटामा एमाले र माओवादीप्रति नजिकका मतदाता गठबन्धनप्रति कति सकारात्मक रहन्छन् भन्ने कुराले उनीहरुको जित निर्भर रहन्छ। यद्यपि, ती क्षेत्रमा वामपन्थी मत बढी छ।
त्यसो त यी क्षेत्रमा एमालेको प्रभाव पहिल्यैदेखि बलियो हो। ०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा पनि प्रदेश १ का ७ जिल्लाका १३ निर्वाचन क्षेत्रमध्ये ८ वटामा एमालेले जितेको थियो भने ५ वटामा कांग्रेसले जितेको थियो।
स्थानीय तहमा प्राप्त मत र संविधानसभाको दोस्रो निर्वाचनलाई समेत आधार मानेर यी ७ क्षेत्रमा वाम गठबन्धनलाई बलियो मानिएको हो।
ताप्लेजुङः गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा ताप्लेजुङका ९ स्थानीय तहमध्ये नेकपा एमालेका उम्मेदवारले ५ ठाउँमा मेयर÷प्रमुख जितेका थिए। र, उनीहरुले पाएको कुलमत २० हजार ५ सयभन्दा बढी छ। जिल्लाभर नै एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो। ४ वटा स्थानीय तह जितेको कांग्रेसले १९ हजार ५ सय मत कटाएको थियो।
गठबन्धनका कारण माओवादीले ल्याएको मत पनि एमाले उम्मेदवारलाई जोडिने हो भने एमालेका उम्मेदवारको जित सहज हुने देखिन्छ। माओवादीले ३ हजार ५ सयभन्दा बढी मत ल्याएको छ। गठबन्धनका तर्फबाट ताप्लेजुङमा एमालेका सचिव योगेश भट्टराई उम्मेदवार छन्। लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेस नेता केशव दाहाल प्रतिस्पर्धामा छन्।
पाँचथरः प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरका कुल ८ स्थानीय तहमध्ये ४ वटा कांग्रेस, ३ वटा एमालेले र एउटा माओवादीले जितेका थिए। एमालेले जिल्लाभरि २६ हजारभन्दा केही बढी मत पाएको थियो। कांग्रेसले २७ हजार ७ सयभन्दा बढी मत पाएको थियो। माओवादीले १३ हजार ५ सयभन्दा बढी मत पाएको थियो।
यहाँ वाम गठबन्धनका तर्फबाट एमालेका बसन्तकुमार नेम्बाङ उम्मेदवार छन्। गठबन्धनका उम्मेदवारप्रति माओवादीका मतदाता कति इमान्दार बन्छन् भन्ने कुराले नेम्बाङको जित निर्भर रहन्छ। यहाँ कांग्रेसका तर्फबाट भीष्मराज आङदेम्वे उम्मेदवार छन्।
संखुवासभाः संखुवासभाका कुल १० स्थानीय तहमध्ये एमाले र कांग्रेसले ५–५ स्तानीय तह बाँडेका थिए। स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाभरि २७ हजार २ सयभन्दा बढी मत पाएको थियो भने कांग्रेसले २६ हजार १ सयभन्दा बढी मत पाएको थियो। माओवादीले ६ हजार ५ सयभन्दा बढी मत पाएको थियो। जिल्लाको एउटा मात्रै निर्वाचन क्षेत्रका लागि वामपन्थी गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र गौतम उम्मेदवार छन्। कांग्रेसबाट दीपक खड्का उम्मेदवार छन्। यहाँ पनि स्थानीय तहअनुसारकै मतदान भएमा र वामपन्थी मत नबाँडिएमा गौतमले सहजै जित निकाल्न सक्छन्।
भोजपुरः यहाँका कूल ९ स्थानीय तहमध्ये एमाले र कांग्रेसले ४–४ र माओवादीले १ ठाउँमा जितेका थिए। जिल्लाभरमा एमालेले झन्डै २३ हजार मत पाएको थियो भने कांग्रेसले २० हजार ५ सयभन्दा केही बढी मत पाएको थियो। माओवादीले १५ हजार ५ सयभन्दा बढी मत ल्याएको थियो। यहाँ वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार सुदन किँराती मैदानमा छन्। कांग्रेसका तर्फबाट उमेशजंग रायमाझी उम्मेदवार छन्। किँरातीले जित्नका लागि स्थानीय तहमा एमालेलाई मत दिएका मतदाताको भर पर्नुपर्ने हुन्छ। ती मतदाताले गठबन्धनलाई रुचाएको अवस्थामा उनले ठूलै अन्तरमा जित हासिल गर्न सक्नेछन्।
सोलुखुम्बुः सोलुखुम्बुका ८ स्थानीय तहमध्ये एमालेले ४, माओवादी केन्द्रले ३ र कांग्रेसले १ ठाउँमा जित हासिल गरेका थिए। सो नतिजाले पनि वाम गठबन्धनको पल्ला भारी देखाउँछ। प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यो जिल्लामा वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार हेमकुमार राई प्रतिस्पर्धा गर्दैछन् भने कांग्रेसका तर्फबाट बलबहादुर केसी उम्मेदवार छन्। स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाभर १२ हजार २ सयभन्दा बढी मत पाएको थियो। कांग्रेसले १२ हजार ७ सयभन्दा बढी मत पाएको थियो। माओवादीले ११ हजार मत पाएको थियो। स्थानीय निर्वाचनमा मत दिएकै आधारमा मतदाताले गठबन्धनलाई पनि रुचाए भने राईको जित पक्का देखिन्छ।
खोटाङः यस जिल्लाका १० स्थानीय तहमध्ये ५ मा एमाले, ४ मा कांग्रेस र १ मा माओवादी केन्द्र विजयी भएका थिए। यहाँ एमालेले २५ हजार ७ सयभन्दा बढी मत पाएको थियो भने कांग्रेसले २० हजार ८ सयभन्दा केही बढी मत पाएको थियो। माओवादीले भने १७ हजार ७ सयभन्दा बढी मत पाएको थियो। प्रतिनिधिसभाका लागि एउटा मात्रै क्षेत्र रहेको यो जिल्लामा वामपन्थी गठबन्धनको तर्फबाट एमालेका विशाल भट्टराई उम्मेदवार छन्। जिल्लामा एमाले एक्लैको अवस्था नै सुदृढ रहेकाले माओवादीको पनि मत जोडिँदा भट्टराईले सहजै जित्ने देखिन्छ।
ओखलढुंगाः यो जिल्लामा पनि प्रतिनिधिसभाका लागि एउटा मात्रै क्षेत्र छ। यहाँ वाम गठबन्धनका तर्फबाट एमालेका यज्ञराज सुनुवार र कांग्रेसका तर्फबाट रामहरि खतिवडा प्रतिस्पर्धा गर्दैछन्। स्थानीयत तहको निर्वाचनमा ४ ठाउँमा कांग्रेस, ३ ठाउँमा एमाले र १ ठाउँमा माओवादी विजयी भएका थिए। दुई दलको मात्र तुलना गर्दा यहाँ एमालेभन्दा कांग्रेस बलियो छ। यहाँ एमालेले २३ हजार ७ सयभन्दा बढी मत पाएको थियो भने कांग्रेसले २६ हजार १ सयभन्दा बढी मत पाएको थियो। माओवादीले पाएको मत ९ हजार हाराहारी थियो। गठबन्धनप्रति माओवादी मतदाता पूर्णरुपमा सकारात्मक देखिए भने एमालेका उम्मेदवारको जित हुन सक्छ।
२o७४ कार्तिक ६ सोमबार| प्रकाशित १७:४४:oo
http://nepallive.com/news-details/4010/2017-10-23

No comments:
Post a Comment