किशोर दहाल
चुनावमा तालमेल कुनै तर्कले राम्रो कुरा होइन । बीस वर्षपछि भइरहेको स्थानिय तह (संवैधानिक प्रावधान फरक भएता पनि त्यसलाई जनताको नजिकको सरकारको रुपमा पहिले र अहिलेको व्यवस्थालाई उस्तै ठान्न सकिएला)मा दलहरुले स्थानिय स्तरमा गरेका कामको स्थानिय जनताले मूल्याङ्कन गर्ने राम्रो अवसर हो यो । जनतालाई परेका सुखदुखमा साथ दिने, हौसल्ला बढाउने, मर्दापर्दा सहयोग गर्ने, विकास निर्माणको लागि दौडधुप गर्न सक्ने वा गरिरहेको सहज खालको मान्छेलाई चुन्ने यस प्रक्रियामा जनतालाई रणनीतिक सिन्डिकेट लगाइनु हुँदैन्थ्यो । तर, दलहरुले आफ्ना स्थानीय नेता, विगतका कार्यशैलीलाई स्वतन्त्र परीक्षण गर्न हच्किए । त्यसैले बढीभन्दा बढी तालमेल गरेर जाने प्रयत्न भयो । तालमेलको प्रयास असफल भएका ठाउँमा मात्रै एक्लै लड्ने आँट गरियो । बीस वर्षपछि हुने चुनावमा समेत एक्लै चुनाव लड्ने आँट र जनाधारको विश्वास नभएको नेताले चुनाव जितेर कुन क्षमता प्रदर्शन गर्ला त्यो विस्तारै थाहा होला ।
तर, दलहरुले चुनावी तालमेल गरेर जसरी निर्लज्जता देखाए, त्यसैगरी काठमाडौंका केही जान्नेसुन्ने पत्रकारले अर्को निर्लज्जता प्रदर्शन गरे । तालमेल भएका मध्ये बढी चर्चामा रह्यो चितवन महानगरपालीकाको मेयर पद । त्यहाँ माओवादी र कांग्रेसबीच भएको तालमेलले काठमाडौंमा धेरैको निद हराम भएको बुझ्न सकिन्छ । उनीहरुले चितवनमा मेयरको रुपमा माओवादीलाई भोट हाल्दै गर्दा ‘बाँदरमुढे घटना’ नबिर्सन सामाजिक सञ्जालबाट खुला आह्वान गरे । बाँदरमुढे घटना माओवादी जनयुद्ध क्रमको निकै क्रुर घटनामध्यको एक हो ।
तर, देशले व्यतित गरिरहेको समय कस्तो छ भने, विगतको द्वन्द्वलाई स्वीकार र गर्व गरेर यहाँसम्म आइपुगिएको हो । स्वीकार र गर्व यस अर्थमा कि, देशले हिडिरहेको पछिल्ला बाटो जनयुद्धकै बलले तय गरेको हो । विशेषत गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी आदिजस्ता अग्रगामी मुद्दाहरु जनयुद्धकै बलले स्थापित भएको हो । एक समय त यस्तो आएको थियो, जनयुद्धका सञ्चालकले जेजे भन्थे त्यही नै प्रगतिशील मुद्दा बन्थ्यो । अन्य दल त्यसलाई फरक भाषामा आफ्नो संलग्नता देखाउन मै सीमित थिए । जनयुद्धको सञ्चालक माओवादीलाई पहिलो संविधानसभाको चुनावमा ठूलो दल बनाइनु र पछि पनि उसलाई राजनीतिक खेलाडीको रुपमा स्वीकार गरिनु जनयुद्धको स्वीकार्यता र गर्वको थप उदाहरण हो ।
जनयुद्धको अवतरण जति सहज रुपमा भयो, त्यसका सामाजिक प्रभावहरु त्यति सहजै मिलिसकेका छैनन् । विगतको द्वन्द्वको कतिपय पाटाहरु निकै जटिल रुपमा यद्यपि विद्यमान छन् । विस्तृत शान्ति सम्झौताका प्रावधान विपरित विगतको द्वन्द्वको घाउलाई कोट्याउने, विथोल्ने र उकुच पल्टाउन खोज्ने प्रयत्न पनि जारी छ । त्यसमा एउटा वर्ग विगतदेखि नै सचेत ढंगले लागि परेको छ । मुद्दा चलाउने, अनसन बसाउने, भड्किला अभिव्यक्ति दिएर मनको भडास पोख्ने प्रयत्न भइरहेकै छन् ।
तिनको स्वभाव अनौठौ छ । कसैले द्वन्द्वलाई एउटा विगतको कटु यथार्थ ठानेर अबको दिनमा मिल्न चाह्यो भने पनि तिनको छाती पोल्छ । ति भन्छन्, त्यत्रो घटना कसरी बिर्सन सकेका होलान् ? तिनका छटपटी हुन्छ, विगत बिर्सेर कहाँ मिल्न पाइन्छ ?
ति तिनै हुन् फेरि, जो निरपेक्ष रुपमा ‘शान्ति शान्ति’ फलाक्दै माइतिघर मण्डलामा मैनबत्ति बाल्थे । तिनका शान्तिको गीत र द्वन्द्वको चाहना एकसाथ चलिरहेको छ, लामो समयदेखि । सायद तिनले बुझेको हुनुपर्छ, युद्धको चाहना राख्नेले नै सबैभन्दा बढी शान्तिको गीत गाउनुपर्छ ।
यो वर्गको सबैभन्दा बलियो पक्ष के छ भने उनीहरुसँग शिक्षा र पहुँच छ । यी आफ्ना कुरा मिलाएर भन्न सक्छन् । ठाउँमा भन्न सक्छन् । स्वेदेशी र विदेशीको ओठमा मुस्कान छाउने भाषा बोल्न सक्छन् । असहाय, अशिक्षित र पहुँचविहिन वर्गको सोच्ने र बोल्ने डिजाइन यिनले तय गर्छन् । राज्यले यिनकै भाषा बुझ्छ, यिनले राज्यको ढाँचा बुझ्छन् । द्विपक्षिय व्यापार निरन्तर चलिरहेको छ । ति अनेक पेशा र व्यवसायमा छन् । हो यिनै वर्ग विगतको खास घटनालाई नभुल्न आह्वान गरिरहेका छन् । खाटा बस्दै गएको घाउ खोतल्दै भनिरहेका छन्– तपाईं चोट यहाँ थियो, किन बिर्सनुहुन्छ ?
सम्झिनु पर्ने त धेरै छ जनताले । बाँदरमुढे मात्रै होइन, बाँदरे शैलीमा ‘युद्ध अर्थतन्त्र’का सञ्चालकहरुले देशलाई मृतप्राय बनाएको विगत हामीसँगै छ । तर, के गर्ने ‘देश हत्या’कोको पुलिस रिपोर्ट बन्दैन र पो ।
सम्झिने नै हो भने, गृहमन्त्रीको कुर्सीबाट ‘संक्रमणकालमा बलात्कार भइहाल्छ नि’ भन्ने एमाले बाणी पनि सम्झिनै प¥यो । महाकाली सन्धि पारित गर्नेबेला देशलाई वार्षिक एक खरब २० अरब फाइदा हुन्छ भनेर कति फाइदा लिइयो होला भनेर पनि सम्झिनै प¥यो । कर्मचारीतन्त्रमा राजनीतिकरण, संसदमा तोडफोड र हुलहुञ्जतजस्ता अमर्यादित व्यवहारको आविष्कारक, राजाको पाउमा दाम राखेर ढोगेको, ‘आधा सच्चिएको प्रतिगमन’, प्रम बन्न दरबारमा हालेको दरखास्त, सत्ताको लागि जोसुकैको टाङमुनि छिर्न पछि नपरेको विगत । अनि, जता ढल्किँदा फाइदा पुग्छ उतै ढल्किने पुरानो बानी । सम्झिनलाई धेरै चिज छ ।
पुराना मात्रै होइन नयाँ कुरा पनि छन् । मान्छेको मृत्युलाई झरेको आँपसँग गरिएको तुलना, एउटा समुदायलाई निरन्तर विदेशी भनाउन निर्माण गरिएको अनेकथरी भ्रम, उडन्ते सपना, भोजभतेरले मात्तिएको छुद्र बोली, अहंकार मिश्रित सर्वोच्चताको भ्रम । कति छन् कति ?
त्यतिमात्रै कहाँ हो र ? सत्ता नै एकमात्र सत्य हो भन्ने दर्शनलाई पनि बिर्सन भएन । प्राडो पजेरो, लाउडा धमिजा पनि बिर्सन भएन । सत्ता जोगाउन थाइल्याण्ड घुमाउने टिकट, सुस्तता, भ्रष्टचार, धोकाधडी, नातावाद, भारतीय हस्तक्षेपको सहजकर्ता, राष्ट्रघाती सन्धिका डिजाइनरहरुलाई पनि त बिर्सन भएन ।
सबै कुरा सम्झेर के साध्य ?
तर, विगतका घटनालाई सम्झेर र अब द्वन्द्वको बिउ हुर्कन नपाओस् र विगतमा गरिएका गल्तीलाई पनि नदोहो¥याऔं भनेर देशले यो गति समातेको हो । कोही ‘युद्ध अर्थतन्त्र’का हिमायतीहरुलाई मन नपरे पनि देश त यही बाटोबाट अगाडि बढ्छ । अघि बढीरहेकै पनि छ । चुनावमार्फत कोही उम्मेद्वारले जित्छन्, कसैले हार्छन् तर देशले त जित्छ नै । कम्तिमा एउटा सिँढी त उक्लिन्छ नै । तिनीहरुले पनि यो त स्वीकार गर्नै पर्छ । बिरोधमा प्ले कार्ड बोकेर सडकमै उत्रिन आँट त नगर्लान् । गरे नै भने पनि के अचम्म भयो र ?
तिनीहरुको समस्या के भइदियो भने बाँदरमुढे बेच्दा व्यवसायलाई फाइदा पुग्छ । तर, काठमाडौंलाई बेच्दा घाटा छ । जबकि, काठमाडौंमै पनि चुनाबी तालमेल भएकै छ । चितवनमा टाउकाको मोड तोक्ने देउवाले प्रचण्डसँग जारी राखेको एकतालाई तिनीहरुले पचाउन सकेका छैनन् । जबकि, काठमाडौंमा टाउको फुटाउने कमल थापासँग एमालेले गरेको एकतालाई स्वभाविक रुपमा लिएका छन् । देश त कमल थापाको गोलीलाई जितेर अघि बढेको हो, तर उहीसँगको एकता र सहकार्य झन् बढी अनैतिक छ भन्ने आँट तिनीहरु गर्न सक्दैनन् । किन त ? बरु, एमाले महासचिवले मुद्दा र एजेण्डा मिल्नेसँग तालमेल गरेको सगौरव बताइरहँदा आनन्द मानिरहेका छन् । राप्रपा नेपालसँग मुद्दा र एजेन्डा मिलेपछि अब पार्टीको कार्यनीति के हुन्छ भन्ने डरलाग्दो तस्बिर सतहमा आउँदैन ?
पछिल्लो परिवर्तनलाई रोक्न अनेक भाष्य खडा गरेर लागिपरेकाहरु नै अहिले एकपाटे इतिहासलाई उधिन्दैछन् । तिनका इतिहासमोह पनि इतिहासमै सीमित हुनेछ, एकदिन । प्रतीक्षा गरौं ।
twitter: @kishu_gb123

No comments:
Post a Comment