किशोर दहाल
पृथ्वीनारायण शाह नजन्मेका भए हामी नेपाली हुने थिएनौँ भनेर रोइलो गर्नुको कुनै औचित्य छैन । 'नेपाली' नभएको भए अरू कुनै देशका नागरिक हुने थियौँ होला । आखिरमा नेपाली बन्नलाई कहिँ कसैले दरखास्त हालेर जन्मिएको त होइन । हामी नेपालमा जन्मियौँ, त्यसकारण नेपालको माया लागेको हो । जसरी अन्य देशमा जन्मेकालाई आफ्नो देशको माया लाग्छ । त्यसकारण 'नेपाली हुने थिएनौँ' भन्ने तर्क खास औचित्यपूर्ण लाग्दैन, मलाई ।

देश सारा देशवासीको अथक प्रयास र मेहनतले बन्छ । त्यसको नेतृत्व निश्चित
कालखण्डमा कोही एउटाले गर्छ(प्राय:) । समय अनुसार नेतृत्व फेरिन्छन् । २५० बर्षअघिको त्यो
कालमा पृथ्वीनारायण शाहले नेतृत्व गरे । टुक्राटुक्रालाई जोडे । खासमा ठीकै गरे । कदाचित् नजोडेको भए, आज हाम्रो राष्ट्रियता, देशप्रेम र भूगोलप्रतिको अपनत्वभाव फरक माटोसँग जोडिएको हुन्थ्यो । हाम्रो गर्ब पनि त्यहि किसिमको हुन्थ्यो । त्यहि ठीक लाग्थ्यो ।
ठूलो अभियानमा हिडेको महत्वकांक्षीहरूले केही कमजोरी गर्छन् नै । केही गर्नै पर्ने काम छुट्छन् नै । आज कैयौँ शास्त्रका ठेली पल्टाएका, वरिपरि सल्लाहकार र 'थिङ्क ट्याङ्क' खडा गरेका राजनीतिज्ञको पारा त्यही हो झन् उसबेलाको समयमा कमजोरी हुनु ठूलो कुरा होइन । नाक, कान काटिएको इतिहास त्यस्तै एउटा उदाहरण हो । उनी महत्वकांक्षी थिए, त्यसकारण केही अस्वभाविक कमजोरी भए ।
र, उनले थाती राखेको जुन काम छ, जसलाई आज हामी कमजोरी भनिरहेछौँ । त्यो खासमा उनीभन्दा पछिल्ला शासकको कमजोरी हो । उनीहरूले त्यसमा आँखा चिम्लिदिए । सबै भाषा, संस्कृतिको साझा मुलुकको अपनत्व प्रवाह गर्नै सकेनन् पछिल्ला शासकले । 'चार जात, छत्तिस वर्णको साझा फूलबारी' भन्दाभन्दै पनि उनीमाथि 'एक रङ्गे तोरीबारी बनाएको' आरोप जसरी सघन भयो, त्यो पछिल्ला शासकको अकर्मन्यताको प्रतिफल हो । उनीहरूले 'साझा फूलबारी' बनाउनेतिर ध्यान नै दिएनन् ।
एउटै नेतृत्वबाट सारा सफलताको अपेक्षा राख्नु हाम्रो सनातनी कमजोरी छँदैछ । इतिहासका फरक फरक पात्रहरूमाथि हाम्रो यस किसिमको अपेक्षापूर्ण प्रयोग यद्यपि जारी छ । अहिलेका नेता र बुझक्कडहरुले उसबेलाको जटिल अबस्थालाई नजरअन्दाज गर्दै 'यो गरेनन् र त्यो गरेनन्' भन्नु बेतुकका कुरा हुन् । आरोप लगाउनेहरूले त्यस्तो आबश्यकीय कर्म आफैले गरे पनि भयो नि!
खासमा, पृथ्वीनारायण शाह सबैथोक हुन् र केही पनि होइनन् भन्नु दुबै अतिशयोक्तिपूर्ण छ । उनी सम्माननीय ऐतिहासिक व्यक्तित्व हुन् । उनीमाथि सम्मान गर्दा, गर्व गर्दा नेपालीलाई केही घाटा छैन । उनीमाथि मूल्याङ्कन गर्न कुनै 'चस्मा' लगाइरहनुपर्ने जरूरी छैन । मन लाग्नेले सम्मान गर्दा भयो मन नलाग्नेले अपमानचाहीँ नगर्दा राम्रो ।
तर, जहाँसम्म बिदा मनाउनुपर्ने माग भने अनुपयुक्त लाग्छ, मलाई । उनलाई सम्मान गरिनुपर्छ,उनको भूमिकालाई मूल्याङ्कन गरिनुपर्छ र उनीमाथि थप अनुसन्धान गरिनुपर्छ । तर, बिदा दिएर राज्यले नै उनको जन्मदिन मनाउनुपर्छ भन्नु अरूमाथि भेदभाव गर्नु हो ।अरू महत्वपूर्ण व्यक्तित्वमाथि अपमान गर्नु हो । किनकि सबै माथि सो किसिमको समान व्यवहार व्यवहारिक हुन सक्दैन । राज्यले बिदा दिएर केहि पनि हुने होइन । हामीले मनदेखि सम्मान गर्न सक्नुपर्छ (यदि सम्मान गर्नुपर्छ जस्तो लाग्छ भने) । र, उनले गर्न बाँकी राखेका र राष्ट्रले आबश्यक ठानेका काम हामीले पुरा गर्नुपर्छ ।
दुई बर्षअघिको मेरो आफ्नै फेसबुक स्टाटसलाई थोरै सम्पादनसहित प्रकाशित गरिएको

No comments:
Post a Comment