चर्चित ‘ह्यारी पोर्टर’ शृंखलाकी लेखक जेके रोलिङ
विश्वकै धनाढ्यमध्ये गनिन्छिन् । कुनै समयमा उनलाई खाना जुटाउन पनि
मुस्किल पथ्र्यो । असफल विवाह, असफल करिअर र सारा असफलताको पीडाबाट उठेर
उनले आफूलाई संसारमै धेरै पढिने लेखकमध्ये उभ्याइन् । रोलिङले सन् २००४
अप्रिलमा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हार्वड विश्वविद्यालयमा दिएको
कमेन्समेन्ट लेक्चरको सम्पादित अनुवाद :
सुरुआती मन्तव्य दिनु निकै ठूलो जिम्मेवारी हो । यसले मलाई आफ्नो ग्र्याजुएसनको दिनको सम्झना गराइरहेछ । त्यो दिन सुरुआती मन्तव्य दिने व्यक्ति ब्रिटिस दार्शनिक ब्यारोनस म्यारी वार्नोक हुनुहुन्थ्यो । उहाँको भाषण सम्झँदा मलाई यो मन्तव्य तयार गर्न उत्साह आएको छ । मलाई उहाँले भनेको एक वाक्य पनि पूरै सम्झना छैन । तथापि मैले प्रयास गरेकी छु । उहाँले के भन्नुभएको थियो ? अँ, ‘पाउनसक्ने लक्ष्य’ । आत्मविकासको पहिलो पाइलो यही हो । यस्तै भन्नुभएको थियो उहाँले ।वास्तवमा यहाँ के बोल्ने होला भनेर मैले मेरो मन र मस्तिष्क निकै खियाएँ । मैले आफैंसँग पटकपटक सोधें, ‘म ग्र्याजुएसन गर्दा के जान्दथें ? २१ वर्षको उमेरमा मैले त्यस्तो के महत्वपूर्ण पाठ सिकेकी थिएँ ?
म यहाँ दुईवटा जबाफ लिएर आएकी छु ।
एकेडेमिक सफलता मनाउन तपाईंहामी यहाँ जम्मा भइरहँदा मैले भने असफलताका
फाइदाबारे चर्चा गर्ने निधो गरेकी छु । किनभने तपाईंहरू वास्तविक जीवनको
प्रवेशद्वारमा हुनुहुन्छ । म तपार्ईंहरूलाई कल्पनाशक्तिको महत्वबारे बताउन
चाहन्छु ।
यसो भनिरहँदा तपाईंहरूलाई अव्यावहारिक वा वाहियात कुरा गरेजस्तो लागिरहेको होला । कृपया धैर्य गर्नुहोस् ।
यसो भनिरहँदा तपाईंहरूलाई अव्यावहारिक वा वाहियात कुरा गरेजस्तो लागिरहेको होला । कृपया धैर्य गर्नुहोस् ।
अहिले ४२ बर्से जिन्दगीको आँगनबाट त्यो
मैले ग्र्याजुएसन गरेको २१ बर्से जीवनलाई फर्केर हेर्दा अलि अप्ठेरो लाग्छ ।
त्यो समय म मेरो महत्वाकांक्षा र आफन्तहरूको इच्छाबीच नमिल्ने खालको
सन्तुलन बनाउने प्रयास गरिरहेथें ।म आफू उपन्यास लेख्छु भन्नेमा विश्वस्त
थिएँ तर मेरा अभिभावक भने मेरो वाहियात कल्पना र लहडीपनाकै ऋण तिन नसक्ने र
पेन्सनवाला जागिर नपाउने भई भनी चिन्तित थिए । उनीहरू चाहन्थे मैले कुनै
प्रावाधिक तालिम लिऊँ । म भने अंग्रेजी साहित्य पढ्न चाहन्थें । यो
द्वन्द्वले एउटा सम्झौतामा पु¥यायो । म आधुनिक भाषा पढ्न गएँ ।
मैले क्लासिक साहित्य पढिरहेछु भनेर
बाआमालाई भनेको सम्झना छैन । सायद उनीहरूले मेरो ग्र्याजुएसन डेमै पहिलोपटक
थाहा पाए होलान् । उहाँहरूका निम्ति यो ग्रहमै भएका सारा विषयमध्ये ‘ग्रिक
माइथोलोजी’ जस्तो काम नलाग्ने विषय अरू थिएन ।
म मेरा अभिभावकहरूलाई कुनै आरोप लगाउन
चाहन्नँ । बाआमालाई आरोप लगाउने समयको पनि म्याद हुन्छ । तपाईंहरू आफ्नो
जीवनको रथ कुन दिशामा लैजाने, त्यो चुन्न आफै सक्षम भइसक्नुभएको छ ।
त्यसैले तपाईंको जिम्मेवारी तपाईंसँगै हुन्छ । म मेरा बाआमालाई किन पनि
आलोचना गर्न सक्दिनँ भने मैले कहिल्यै पनि गरिबीको अनुभव गर्नु परेन । हो,
उनीहरू गरिब थिए र म पनि । तर मैले कहिल्यै पनि गरिबीलाई असफलताको कारकका
रूपमा लिइनँ । गरिबीले डर, तनाव र निरासा जन्माउँछ । तर गरिबीबाट माथि आउने
प्रयास हामी आफैंले गर्नुपर्छ । मलाई सधैंभरि गरिबीको भन्दा पनि असफलताको
डर लागिरह्यो ।
तपाईंहरूको उमेरमा म विश्वविद्यालयका
कक्षामा पस्नुको साटो क्याफेमा बसेर कथा लेखिरहेकी हुन्थें । परीक्षाहरू
उत्तीर्ण गर्ने मेरो आफ्नै तरिका थियो । तपाईंहरूलाई असफलताबारे खासै थाहा
नहुन सक्छ । भर्खर त तपाईंहरू जीवनको सुरुआत गर्दै हुनुहुन्छ । तपाईंलाई
असफलता कस्तो हुन्छ भन्ने थाहा छैन होला । थाहा छ ? संसारले अनेकौं सीमा
तोकेको हुन्छ तपाईंहाम्रा निम्ति ।
मेरो ग्र्याजुएसनको सात वर्षपछि म
असफलताको उच्च बिन्दुमा पुगें । निकै छोटो वैवाहिक जीवन मभित्र
पड्किरहेथ्यो । मेरो कुनै जागिर थिएन । गरिब बाआमा थिए । घरवारविहीनजस्तै
कंगाल थिएँ म । मेरा बाआमालाई मेरो भविष्यप्रति जुन डर थियो त्यो सामुन्ने
आएको थियो । हरेक क्षेत्रमा म एकदमै असफल साबित भइरहेथें ।
म यहाँ तपाईंहरूलाई त्यो असफलता रोमाञ्चक
भन्दिनँ । त्यो समय मेरो जीवनकै कालो क्षण हो । मलाई त्यो कालो सुरुङ कति
लामो थियो भन्ने थाहा थिएन, न त अन्त्यमा आशाको उज्यालो नै छ भन्ने थाहा
थियो । त्यसो भए मैले किन असफलताको फाइदाबारे कुरा गर्ने त ? एकदमै सरल
जबाफ छ, असफलताले अनावश्यक के हो भन्ने छुट्ट्याउन सिकाउँछ । मैले म जे हुँ
त्योभन्दा फरक देखाउने सबै चालबाजी बन्द गरें र मेरो काम पूरा गर्न ज्यान
फालेर लागिपरें । म अरू क्षेत्रमा सफल भएको भए सम्भवतः म मेरो यो खास
क्षेत्र (लेखनको क्षेत्र) मा आउँदै आउँदिनथें होला । म सारा डरबाट पनि
मुक्त भएँ किनभने जसको सबैभन्दा ठूलो डर थियो त्यही भोगिरहेथें । मसँग मेरी
प्यारी छोरी थिइन् । मसँग थियो एउटा पुरानो टाइपराइटर र ठूलो आइडिया ।
मैले तिनै कडा चट्टानहरूमा मेरो नयाँ जीवनको जग हालें ।
सायद तपाईंहरू मजत्तिको असफल कहिल्यै
हुनुहुने छैन तर कुनैकुनै असफलता पन्छाउनै नसकिने हुन्छन् । कतै पनि असफल
नभईकन सफलतैसफलतामा बाँच्न सम्भव हुँदैन । असफलताले मलाई भित्रैबाट
सुरक्षित महसुस गरायो । त्यो सुरक्षाबोध मैले कुनै पनि परीक्षा उत्तीर्ण
गर्दा महसुस गरेकी थिइनँ । असफलताले मलाई जे सिकायो म त्यो अरू कुनै
माध्यमबाट सिक्न सक्दिनथें । मैले मसँग बलियो इच्छाशक्ति रहेछ भन्ने पत्ता
लगाएँ । मैले थाहा पाएँ मसँग आत्मानुशासन पनि उत्तिकै रहेछ अनि बुझें मसँग
मूल्यवान् साथीहरू रहेछन् ।
अन्नपूर्ण पोस्ट्बाट साभार
No comments:
Post a Comment