आगे प्यारा प्रजा गैह्र के यथोचित
जनताले छानेका प्रतिनिधिहरूले नै देशप्रति ज्यादा जिम्मेवारी महशुस गरी प्रजातन्त्रको जग मजबुत हुने वातावरण पैदा गर्छन् र देशमा स्थिरता आई विकास दु्रतगतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आमचुनाव गराएको सबैमा विदितै छ । फलस्वरूप, नेपाली कांग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई नै संविधानअनुसार शासनभार सुम्पी देशप्रतिको जिम्मेवारीको हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुका साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हराउनु पनि स्वाभाविकै भएको थियो ।
यस व्यवस्थाबाट सरकारी जंगी तथा निजामती कुनै कर्मचारीले आफ्नो जिम्मेवारी, काम र कर्तव्यबाट विचलित हुनु वा अलमलिनु पर्दैन र सबैले आ–आफ्नो स्थानबाट आफ्नो कर्तव्य पालना गर्ने छन् । साथै, सबै देशवासीको सदिच्छाले नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ ।
परराष्ट्र विषयमा हामीले दृढतापूर्वक आफ्नो तटस्थता अपनाई सबै मित्रराष्ट्रहरूसँग मित्रताको नीति नै कायम राख्नेछौं र हामी देशमा र विश्वभर शान्ति र मित्रताको कामना गर्दछौं ।
श्री पशुपतिनाथले देश र जनताको कल्याण गरून् ।
जय नेपाल !

त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन
गरी हामीबाट समय–समयमा जनप्रतिनिधिहरू र सरकारमा रहेका व्यक्तिहरू समेत
कर्तव्यबाट च्यूत नहुने संकेत गरेको कुरा पनि सबैले सम्झेकै हुनु पर्छ ।
प्रजातन्त्र पद्धतिअनुसार छानिएका प्रतिनिधिहरूद्वारा जनता र सरकारका बीचमा
भएको भ्रमात्मक वातावरण राम्रोसँग सुल्झाई राष्ट्रको हित विकास गर्ने पूरा
कोशिस हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए । तर, ठीक त्यसको उल्टो प्रजातन्त्र
पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाई व्यक्तिगत र दलगत
स्वार्थपूर्ति गर्नका लागि अधिकार प्रयोग गरियो ।
ऐन कानुनको मर्यादा नराखी छिटो, छरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशको प्रशासन यन्त्र निष्क्रिय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकारको दुरुपयोग हुँदा भ्रष्टाचार बढ्नुका साथै अनेकन् भ्रान्ति पैदा गराई प्रशासन यन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल विल्कुल असमर्थ भएकोले र अन्तर्राष्ट्रिय तत्वहरूले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पु¥याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैज्ञानिक विश्लेषण र वस्तुस्थितिको अध्ययनबिना कोरा सिद्धान्तका आधारमा अशान्त र दूषित वातावरण मात्र पैदा गरेकाले राष्ट्रको हित तथा प्रजातन्त्रकै निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नभएकाले देशको एकता, राष्ट्रियता र सार्वभौमिकता बचाउने, देशमा अमनचयन कायम राख्ने र देशलाई कुुनै कारणबाट पनि बिगं्रदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमै भएकाले उपरोक्त वातावरण हटाई शान्ति सुरक्षा कायम राख्न र देशलाई संक्रमण स्थितिबाट बचाउन विशेष व्यवस्थाको जरूरत पर्न आएकाले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रिमण्डल र संसद्का दुवै सदनहरू समेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं ।

हाललाई यस घोषणाद्वारा संविधानका देहायका धाराहरू निलम्बन गरिबक्सेका छौं–
भाग २ का सबै धाराहरू ।
भाग ३ का सबै धाराहरू ।
भाग ४ को धारा ११ बाहेक अरू सबै धाराहरू ।
भाग ५ को धारा ५५ बाहेक अरू सबै धाराहरू ।
भाग ९ को परिच्छेद ३ तर धारा ७३ बाहेक र भाग १० का सबै धाराहरू ।
भाग २ का सबै धाराहरू ।
भाग ३ का सबै धाराहरू ।
भाग ४ को धारा ११ बाहेक अरू सबै धाराहरू ।
भाग ५ को धारा ५५ बाहेक अरू सबै धाराहरू ।
भाग ९ को परिच्छेद ३ तर धारा ७३ बाहेक र भाग १० का सबै धाराहरू ।
यस व्यवस्थाबाट सरकारी जंगी तथा निजामती कुनै कर्मचारीले आफ्नो जिम्मेवारी, काम र कर्तव्यबाट विचलित हुनु वा अलमलिनु पर्दैन र सबैले आ–आफ्नो स्थानबाट आफ्नो कर्तव्य पालना गर्ने छन् । साथै, सबै देशवासीको सदिच्छाले नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ ।
परराष्ट्र विषयमा हामीले दृढतापूर्वक आफ्नो तटस्थता अपनाई सबै मित्रराष्ट्रहरूसँग मित्रताको नीति नै कायम राख्नेछौं र हामी देशमा र विश्वभर शान्ति र मित्रताको कामना गर्दछौं ।
श्री पशुपतिनाथले देश र जनताको कल्याण गरून् ।
जय नेपाल !
(अन्नपूर्ण टुडे र माइसंसारबाट साभार)
No comments:
Post a Comment