युग पाठकले कुनैबेला कान्तिपुर दैनिकमा निकै सशक्त चिठी लेखेका थिए भन्ने कुरा एउटा ब्लगमा पढेको थिएँ । त्यसमा लेखिएको थियोः
युग पाठकलाई मैले कान्तिपुरबाट चिनें । संविधानसभाको चुनाव भर्खरै सकिएको थियो, पूरै आधा पेज ढाकिने गरी ‘इतिहासको गति रोक्ने प्रयास’ शीर्षकमा लामो पाठकपत्र छापियो कान्तिपुरमा । यिनै पाठकले लेखेको त्यो पाठकपत्र मलाई त्यतिबेला असाध्यै शक्तिशाली लाग्यो । नारायण वाग्ले सम्पादक थिए तीनताक र अहिलको हिमाल मिडियाझैं त्यसबेला कान्तिपुर लागेको थियो माओवादीको तेजोवध गर्ने अभियानमा, मिसन पत्रकारिताको झल्को दिने गरी । बलिदानी संघर्षको भट्टीबाट खारिएर आएको माओवादीप्रति जनताको अधिक आशा र विश्वास रहेको त्यो बेला जनमत निर्माणमा ठूलो भूमिका खेल्ने कान्तिपुरजस्तो पत्रिकाले जनताले जिताएको त्यही शक्तिका पछि हात धोएर लागेको स्थिति मलाई एकरत्ति चित्त बुझेको थिएन । यही पृष्ठभूमिमा ‘कान्तिपुरका पाठक यसैकारण ध्रुवीकृत हुँदैछौँ, तपाईंलाई ज्ञात रहोस्’ भन्दै सम्पादकका नाममा युग पाठकले लेखेको त्यो पत्रले मेरो आफ्नै भावना बोलेको सुनें, मलाई भित्रैदेखि हल्लाउन सफल भयो त्यो ।
पछि नयाँ पत्रिका दैनिकले ‘एउटा चिठीले चिनायो’ भन्दै युग पाठकको सोही चिठीबारे सामाग्री छापिएपछि मलाई त्यस चिठीबारे हुटहुटी झनै बढेर गयो । नयाँ पत्रिकामा छापिएको सो चिठीबारे सामाग्रीः
म ०५३र५४ सालतिरै हेटौँडा, चितवनतिर कविता लेखेर सुनाउँथेँ । ०५८ सालतिर काठमाडौंमा त्रिवुभन विश्वविद्यालय र ‘साहित्य सन्ध्या’मा मेरा कविता चर्चित नै थिए । ०६० सालदेखि ‘हेटौँडा सन्देश दैनिक’को सम्पादक भएँ, पछि ‘प्रयास’को पनि । त्यतिखेरै लेखहरू लेख्थेँ, त्यसबखत मेरो नाम दीपक पाठक नै थियो । मेरा लेखको चर्चा हुन्थ्यो, तर हेटौँडातिर मात्रै ।
०६५ सालको जेठतिर १५ दिने छुट्टी लिएर हेटौँडाबाट दामनतिर उक्लिएँ । दामन उक्लिनुको उद्देश्य थियो, ‘उर्गेनको घोडा’ लेख्ने । त्यतिखेर माओवादी युद्ध बिसाएर शान्तिप्रक्रियामा सामेल हुँदै चुनावमार्फत एक नम्बरको दल बनिसकेको थियो । म इतिहास र जनजीवनमा रुचि राख्ने मान्छे । नेपालको इतिहासको चोटिलो र विशिष्ट एपिसोडमा आधार गरेर उपन्यास लेख्ने रहर थियो । विश्व साहित्यमा नेपाली साहित्यको विशिष्टता बनाउने एउटै उपाय यहाँको जनजीवन र जनताको दृष्टिबाट देखिने इतिहास हो भन्ने कुरामा अहिले पनि म विश्वास गर्छु । एक्काइसौँ शताब्दीमा एउटा सशस्त्र कम्युनिस्ट आन्दोलन खडा गरेर माओवादीले इतिहास रचिसकेको थियो । म यो विषयलाई उपन्यासमा चित्रण गर्न चाहन्थेँ ।
तामाङ इतिहासको रहस्यमय र संघर्षमय पाटोबारे मैले दामनमै बस्दा अध्ययन गरेको थिएँ । बादलबाट उड्दै आएको उर्गेनको घोडालाई दामनमा आफूलाई बेर्न आइपुग्ने बादलमा नै मैले भेटेको थिएँ । त्यति नै वेला सारा मिडिया माओवादीको विरुद्ध लागेका थिए । शान्तिप्रक्रिया र गणतन्त्रको यात्रामा यो मिडियाको बिल्कुल गलत रणनीति थियो भन्ने मेरो बुझाइ थियो । त्यसैले उपन्यास लेख्न थाँती राखेर म एउटा चिठी लेख्नतिर लागेँ । त्यो थियो कान्तिपुर सम्पादकलाई चिठी । त्यसवेला नारायण वाग्ले सम्पादक थिए । सोह्र सय शब्दको चिठी तयार भयो । ‘मलाई थाहा छ, तपाईंले यो चिठी छाप्नुहुन्न‘’ भन्ने वाक्यबाट चिठी सुरु हुन्छ । चिठीमा पत्रिकाको ‘एडिटोरियल पोलिसी’माथि आलोचना थियो ।
अनुमानविपरीत भोलिपल्ट मेरो चिठी कान्तिपुरले जस्ताको तस्तै छापेछ । पर्सिपल्टदेखि त्यो चिठीमाथि धेरै प्रतिक्रिया आउन थाले । देशैभरि त्यो चिठीको चर्चा चल्यो । त्यो चिठी युग पाठकको नाममा छापिएको थियो । कतिलाई त्यो नाम नक्कली हो भन्ने पर्योो । तर, म त्यही नामबाट बिस्तारै नियमित लेख लेख्न थालेँ ।
अहिले सम्झन्छु, त्यो मलाई देशभरि लेखकका रूपमा स्थापित गर्ने चिठी एक साँझ आवेगमा लेखिएको थियो । म उपन्यास लेख्न बसेको थिएँ । सिमसिम पानी परिरहेको साँझ थियो । दामनमा त्यस्तो साँझ चिसो र रहस्यमय हुन्छ । भोलिपल्ट न्यानो घाम मुखमा परेर ब्युँझिँदा मेरो मोबाइल बजिरहेको थियो । मलाई थाहै थिएन, मेरोबारे पूरा सहरमा चर्चा भइरहेको रहेछ । दामनको रहस्यबाट उर्गेनको घोडाको हल्का छायाछवि बोकेर म हेटौँडा झरेँ । उपन्यासको काम तत्काललाई रोकियो ।
.................
केही प्रयास पश्चात सो चिठी हात लागेको छ । चिठी उपलब्ध गराइदिनुहुने युग पाठक ज्युलाई धन्यवाद । यद्यपि यहाँ प्रकाशित चिठी कान्तिपुरमा सम्पादन गरिनुअघिको हो ।
..................
सम्पादक ज्यू,
मलाई थाहा छ, तपाईंले यो पत्र छाप्नुहुनेछैन, तैपनि सत्यको प्रक्षेपणका लागि छापिने वा अरु लोभ मात्र मापदण्ड हुनसक्दैन भन्ने मेरो दृढ विश्वास छ । सत्य तितेपाती झैं तितो हुन्छ । मान्छेभित्रको अहंले सहजै सत्यलाई आफ्नो वैयक्तिक र विचारधारात्मक चेतको दायराभन्दा बाहिर गएर स्वीकार गर्न मान्दैन । कार्ल माक्र्सको शब्दमा सायद वर्गिय चेतना भनेको पनि यही हो । सत्य सापेक्ष हुन्छ र समयको गतिले सत्यको परिभाषालाई बदल्ने गर्छ । सत्य कुनै अमूर्त चेतना होइन यो मूर्त, समयसापेक्ष र वर्गसापेक्ष सहज चेतना हो । त्यसैले सत्यलाई सबैले चिन्नैपर्छ भन्ने छैन । यो छोटो पत्रमा तपाईंले नदेख्नुभएको र देख्न नचाहेको सत्यलाई प्रस्तुत गरिनेछ ।
०४६ सालको परिवर्तनपछि जनपक्षीय मिसन पत्रकारितालाई जारी राखिनुपर्छ भन्ने एकथरीको धारणा थियो । अर्कोथरी प्रजातन्त्र आइसकेको ढिपी कस्दै व्यवसायिक पत्रकारिताको वकालत गरिरहेका थिए । रंगीविरंगी सरकारहरु बने र ढले । राजनैतिक खेल समाजको आमूल परिवर्तनबाट कटेर सिंहदरबारमा केन्द्रित भयो । सरकार ढाल्ने र बनाउने चक्करमा राजनैतिक संस्कार त वेश्याको धोती जस्तो भयो नै अर्थतन्त्र पनि नीजिकरण र उदारिकरणको अन्धनक्कलले ध्वस्त पा¥यो । सामाजिक, सांस्कृतिक र राजनैतिक परिवर्तन ठप्प भयो र सामाजिक अन्तरविरोध तिब्र हुँदै गयो । यसबीचमा व्यवसायिक पत्रकारिताको उद्घोषका साथ कान्तिपुर दैनिक उदायो । कान्तिपुर दैनिकले प्राविधिक र व्यवसायिक हिसाबले उल्लेख्य प्रगती यसकारण ग¥यो की देशमा स्थायी प्रकृतिको दैनिक पत्रिकाको अभावै थियो । गोरखापत्र सँधैजसो सरकार बदलिनासाथ रंगरुप बदल्ने हुनाले तटस्थ प्रकारको संचार माध्यामले जनस्तरमा स्थापित हुनु स्वभाविक थियो । त्यसैले कान्तिपुर जीवनशैलीकै रुपमा विकास भयो ।
तर केही समययता कान्तिपुर माओवादी पार्टी विरोधी पत्रिकाको रुपमा आम जनताको बीचमा स्थापित हुँदैगएको छ । मिसन पत्रकारिता चल्दैन भन्ने आधारमा व्यवासायीक पत्रकारिता गर्दै हुर्किएको कान्तिपुर अकस्मात् माओवादी विरोधी मिसनमा कसरी कम्मर कसेर लाग्न पुग्यो ? पक्कै यसका पछाडि कारणहरु छन् । कारणहरु जे भएपनि आम जनताका बीचमा माओवादी विरोधी छवि बनाउँदा कान्तिपुरलाई फाइदै फाइदा होला ? फाइदा नाफाको विषयमा कान्तिपुरले हिसाब गर्ला (ठूला व्यापारीहरुको संस्था भएकोले हिसाब गर्ने काइदा उनीहरुलाई थाहा छ), तर हामी पाठक, शुभचिन्तकहरुलाई अनौठो विरक्ती पैदा भएको छ ।
कान्तिपुर माओवादी विरोधीले खोजी खोजी पढ्नु स्वभाविक भयो । विभिन्न पार्टीको एकतर्फी वकालत गर्ने पत्रिकाहरुका पनि निश्चित पाठक अवश्य छन् । यसको पाठक मञ्चमा माओवादी विरोधीहरुले माओवादी विरुद्ध विषवमन् गर्नु पनि स्वभाविक भयो । तर एउटा ठूलो पंक्ति जो कान्तिपुरबाट तटस्थ सूचना सम्प्रेषणको अपेक्षा गर्दछन्, उनीहरु निराश भएका छन् । भनिन्छ, कुरो र कूलो जता लग्यो त्यतै जान्छ । काँढाले घोचेको कुरो बढाउँदै लग्यो भने ठूलै किला गाडिएको र त्यसबाट क्यान्सर हुनसक्ने निश्कर्षसम्म पुग्न सक्छ । त्यसमाथि कुनै कुरोलाई मिसनकै रुपमा बढाई चढाई गर्न खोजियो भने श्यालको सिंग पनि भेट्टाउन सकिन्छ । माओवादीका विषयमा अतिरञ्जनायुक्त कुरो चलाउने विषय नौलो होइन । जनयुद्धको उद्घोष गरेदेखि यता माओवादीलाई गिज्याउने, लाञ्छित गर्ने, अनेक तर्क झिकेर ब्राण्डनेमहरु भिराउने लगायतका काम प्रेसबाट वा कसैको कुरो प्रेसले नै छापेर गरिएका छन् । तर ति सबैको बीचबाट माओवादी शान्तिपूर्ण राजनीतिमार्फत जनयुद्धका राजनैतिक उपलब्धीहरुलाई संस्थागत गर्न संविधानसभासम्म आयो र जनताबाट विश्वास पनि आर्जन ग¥यो ।
माओवादीका दर्जनौं कार्यकर्ता शान्तिप्रकृया शुरु भएयता मारिएका छन् । जघन्य हत्याकाण्डहरु घटाउँदै माओवादीलाई पुनः हिंसात्मक युद्धतिर फर्काउने दुश्प्रयासहरु पनि भएका छन् । यी सबै परिस्थितिहरुमा संयम अपनाउने माओवादीलाई एकाध अभिव्यक्ति वा एकाध दुर्घटनाका आधारमा पुरै निषेध गर्ने काम एकथरी पार्टी, संस्थाहरु र राजसंस्थासँग गोप्य नाभी जोडिएकाहरुको योजनाबद्ध काम हुनेगर्छ । भन्न जे भनिए पनि गणतन्त्रको लडाईंमा माओवादी एकातिर र राजासहित बाँकी अर्कोतिर भएर लडाईं लडिएको इतिहास हामीसँग छ । के अझै त्यही लडाईंको निरन्तरता त बाँकी छैन ? भन्ने प्रश्न अझै बाँकी छ । त्यसैले कान्तिपुरले शुरु गरेको माओवादी विरोधी अभियानले कान्तिपुरलाई तटस्थ होइन दिनानुदिन एकपक्षतिर ढल्काउँदै लगेको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्र भैसकेको छ तर गणतन्त्र कार्यान्वयनका व्यहारिक पक्षहरु अझै बाँकी छन् । राजसंस्थाको अस्तित्व अब बन्ने संविधानमा हुनेछैन, तर राजतन्त्रका अनेकौं रुपरंगहरु अझै बाँकी रहनेछन् । र स्पष्ट के देखिएको छ भने अझै माओवादीले गणतन्त्रको सुस्पष्ट नेतृत्व गर्नेछ । यसर्थ ८५ प्रतिशत जनताको शासन स्थापित गर्ने की १५ प्रतिशत एलिटको भन्ने प्रश्नमाथि निर्णय हुन सायद अझै कति चुनाव पर्खनुपर्ने हुनसक्छ । तर यतिबेला सामान्य जनता र कान्तिपुरका पाठकहरुको बीचमा ध्रुविकरण भैरहेको सत्य हो । एकथरीले स्वाद मानेर माओवादीलाई अधिनायकवादी, हिंसाप्रेमी, मूर्ख, घमण्डी इत्यादी भनेर कान्तिपुरले ठीक ग¥यो भनिरहेका छन् र अर्कोथरी माओवादी विरोधी पत्रिका रहेछ भनेर नाक खुम्च्याइरहेछन् ।
‘क्यान सबाल्टर्न स्पीक’ भन्ने लेखमा गायत्री स्पीभाक नामकी लेखिकाले लेखेकी थिइन्, सबाल्टर्न अर्थात तल्लो वर्गका मानिसहरु बोल्न सक्दैनन्, त्यसैले उनीहरुका लागि गैर सबाल्टर्नले बोलिदिनुपर्छ । तल्लो वर्गका मानिसहरुको आवाज बुलन्द गर्न इतिहासले एउटा सशक्त आन्दोलनको अपेक्षा गरेको थियो र त्यसको जगबाट माओवादी जनयुद्ध उठ्यो । आज संघीय लोकतन्त्रका जति पनि एजेण्डा सतहमा स्थापित भएका छन् ती सबै माओवादी जनयुद्धको रक्तरंजीत पृष्ठभूमिबाट आएका हुन् । जातीय, क्षेत्रीय, मधेशी लगायतका वर्गको जागरण माओवादी जनयुद्धकै परिणतिहरु थिए भन्नेमा राष्ट्रिय अन्तराष्ट्रिय विश्लेषकहरु स्वीकार गरिरहेका छन् । के यी सबै कारणले तपाईं र तपाईंको कान्तिपुर समूह माओवादीलाई अधिनायकवादी भनिरहनुभएको छ ? तपाईं सम्मिलित उद्योगकै एक बौद्धिक मित्र अमित ढकालको गत सोमबारको लेखमा हिंसा र अधिनायकवादको विरोधका नाउँमा माओवादी र त्यही पार्टी संलग्न रहेको आन्दोलनलाई सराप्ने काम गरिएको छ । माओवादी आन्दोलनको एउटा कालखण्डमा प्रयोग भएको हिंसाको निरपेक्ष विरोधी कान्तिपुर रहेछ भने त्यही जगमा स्थापित भएको राजनैतिक एजेण्डाको पनि ऊ स्वतः विरोधी हो ।
बन्दुक विरुद्ध कलमले लडेको जिकिर गर्दै अमितजीले देखेको लेख्न नछाड्ने धारणा लेख्नुभएछ । आखिर लेख्नु भनेको के हो र ? कसै न कसैको बन्दुक लेख्नुको पछाडि पनि हुन्छ । ती मानिसले मात्र कलमको बलमा बन्दुकको विरुद्ध लडेको अहं राख्न सक्छन् जसले इतिहासको नयाँ क्षितिज खोल्ने भूमिका खेल्दछन् । लेख्न त राजाका भाईभारदारहरुले पनि लेखेकै छन् । लेखेर मर्नेहरु तानाशाहहरुको भाट भएर पनि मरेका छन् । हिटलरका लागि मर्नेहरु पनि थिए, ज्ञानेन्द्र शाहका लागि मर्नेहरु पनि थिए । इतिहासको अत्याधिक पेचिलो संक्रमणको बेला के लेख्ने र केलाई प्रोपोगाण्डा बनाउने भन्ने विषय सोचनिय हुन्छ । तर कान्तिपुरले माओवादी विरोधी मिसनलाई जुन उचाईमा पु¥याउँछ, त्यसले उसको पाठकवर्गलाई निरन्तर ध्रुविकृत गरिरहन्छ । त्यसपछि प्रश्न बाँकी रहन्छ, कान्तिपुरले ठीक लेख्यो भन्नेहरुको भूमिका इतिहासलाई सकरात्मक निश्कर्षतिर पु¥याउनतिर हुन्छ की नकरात्मक गर्ततिर धकेल्न ? यही प्रश्नको उत्तरमा कान्तिपुरको भविश्य निर्भर हुनेछ ।
सम्पादक ज्यू,
यति पढिसकेपछि तपाईंले यो लेखकलाई माओवादी भन्ठान्नुभो होला । स्वभाविक छ, ज्ञानेन्द्र शाहको तानाशाहीमा होस् वा अहिले लोकतन्त्रको पाठ पढाउने कथित् संसदवादी दलहरुको संकटकालमा होस्, सत्य कुरा बोल्नेलाई माओवादी भनिन्थ्यो । किन त्यसो हुन्थ्यो त ? किनभने इतिहासले अघि बढ्ने माग गर्छ र जसले इतिहास अघि बढाउने हिम्मत देखाउन सक्छ त्यसैले तत्कालिन सामान्य मनोविज्ञान (नभलभचब िउकथअजययिनथ) को पनि नेतृत्व गर्छ । माओवादीलाई जनताले भोट दिएको ऊ सुध्रियोस् वा लडाईं रोकियोस् भन्ने भाते तर्कका आधारमा होइन, उसले मात्र इतिहासलाई तानाशाहहरुको चंगुलबाट मुक्त गर्न सक्छ र नयाँ भविश्यको खाका कोर्न सक्छ भनेर हो । तपाईंको पत्रिका पढ्दा लाग्छ, जनता सब मूर्ख रहेछन् । यसको विपरित जनता सचेत भएका छन् र आफ्नो अधिकार र सुनौलो भविश्य निर्माणको अभियानमा लाग्न तत्पर भएका छन् ।
गिरिजा कोइराला तपाईंको आदर्श हुनसक्छन् । तर गिरिजा कोइरालाले एउटा लेख छापेबापत तपाईंकै पत्रिकाका पूर्व सम्पादक युवराज घिमिरेलाई जेल हालेको इतिहासले बिर्सेको छैन । संविधानसभाको बैठक बस्नु अगावै माओवादी नेतृत्वमा सर्वदलीय सरकार पुरानै सहमतिय संस्कार अनुसार बनाउन सहयोग गर्नुको साटो गिरिजा कोइरालाले सत्ता नछोड्ने हठ देखाएर कुन लोकतन्त्रको संवरण गरेका हुन् तपाईं बुझाउन सक्नुहुन्छ ? काठमाण्डुको वातानुकुलित कक्षभित्रबाट देखिने एकाध अर्धसत्य तथ्य र तपाईंहरुको व्यक्तिगत अहंले सारा जनताको मनोविज्ञानमाथि आघात गरिरहेको सत्य तपाईंले देख्नुभएको छ ? आखिर तपाईंहरु माओवादी विरोधी मात्र होइन नयाँ इतिहासको गति विरोधी पनि देखिन थाल्नुभएको हेक्का छ तपाईंहरुलाई ?
तपाईंकै पब्लिकेशनमा काम गर्ने मजदुरहरुले यथोचित ज्याला पनि पाएका छैनन् । उनीहरुले ज्यालाको अर्थात प्रकारान्तरले पेटको लडाईं लड्दा तपाईंको प्रेस स्वतन्त्रता हनन् हुन्छ । तपाईंकै पब्लिकेशनमा दुई वर्ग छन्ः एउटा मालिक र अर्को कामदार । धेरै तलब लिने तपाईं जस्ता मानिसहरु मालिकको पक्षमा हुनुहुन्छ, त्यसैले मजदुरले ज्याला चाहियो भन्दा तपाईंको प्रेस स्वतन्त्रताको हनन् हुन्छ ।
तपाईंको आरोप छ प्रचण्डले कान्तिपुरलाई धम्की दिए । प्रचण्डले खुल्लमखुल्ला भनेका छन् कान्तिपुरले माओवादीको खेदो खनेको ठीक भएन । आम पाठकको मनोविज्ञानले पनि त्यही भनिरहेको छ । हिंसात्मक विद्रोहको जगबाट शान्तिपूर्ण विद्रोहको नेतृत्व गर्न सहर आएको माओवादीलाई हिंसातिरै फर्काउन कोशिस गर्नेहरुको भीडमा कान्तिपुर पनि किन सामेल छ ? चुनावमा माओवादी जीतपछि काँग्रेसले वाइसिएल विघटनको माग राख्ने र कान्तिपुरले कथित् वाईसिएल ज्यादतीका अर्धसत्य र कैयन् असत्य कहानी छाप्ने मुहुर्त कसरी एकैसाथ पर्न गयो ? चितवनको दुईवटा कथित् वाईसिएल ज्यादतीको घटना हामीले पनि स्थलगत अध्ययन गरेका थियौं । माडीका घाइते शिक्षक अस्पतालको बेडबाट आफूलाई वाइसिएलले कुटेको अन्तर्वार्ता दिने, उता विद्यालयमा विद्यार्थी बीचको झगडामा हुन गएको दुर्घटनालाई कान्तिपुरले इस्यु बनाएकोमा विद्यालयकै भविश्यको चिन्ता गर्ने हेडमास्टर र स्कूल परिवारको बीचमा कहाँ मेल छ ? एकजना स्वास्थ्यकर्मीले वाईसिएलले कुटेर खुट्टा भाँचिदिएको अभिनय गर्दै प्लास्टर गर्ने र पछि मानव अधिकारवादीहरुले शंका लागेर प्लास्टर काटेर एक्सरे गर्दा खुट्टा सकुशल भेटिने, अनि उता कान्तिपुरले वाइसिएल ज्यादती भनेर त्यस्तै घटनालाई छापिरहने ।
रामहरी श्रेष्ठको हत्याकै कुरा लिउँ । माओवादीले नै सर्वप्रथम घटना सार्वजनिक गर्दै जिवितलाई प्रहरीमा बुझायो । हत्याको नैतिक जिम्मेवारी लिन माओवादीले कन्जुस्याईं गरेको थिएन तर लाशमाथि राजनीति गर्नेहरुले घटनालाई सडकमा ल्याइपु¥याए । रामहरीको हत्या प्रकरण सबै कोणबाट अपराधी घटना हो तर के कुनै कार्यकर्ताले गरेको अपराधलाई लिएर माओवादी सिंगै सति जाने ? इतिहासलाई यहाँसम्म ल्याइपु¥याउन जुन पार्टीले रगतको मूल्य चुकायो, उसका सारा मूल्य मान्यताहरुलाई रामहरीसँगै समाप्त पारिदिने ? के त्यसो गर्दा यो देशको भलो होला ? कान्तिपुरले बुझेको सत्य हामीलाई थाहा छैन, तर हामीले बुझेको सत्य के हो भने घटना यो भन्दा पनि जघन्य भएका छन्, गौर हत्याकाण्डमा प्रहरी र सेनाले समेत हत्याराहरुको साथ दिएको बताइएको थियो तर त्यसलाई कान्तिपुरले कहिल्यै महत्व दिएन । सारा संकटकालभरी कलमले बन्दुकको विरुद्ध लड्ने उद्घोष गर्नेहरुले सेनाद्वारा प्रायोजित समाचार नै धेरै छापेका थिए । राजदरबार हत्याकाण्डताका कान्तिपुरले दिपेन्द्र नै हत्यारा हुन् भन्ने राज्यप्रचारित सामाग्रीलाई नै महत्व दिएको थियो ।
माओवादीलाई रोक्न जति पनि हतकण्डाहरु अपनाइएको छ, ति गिरिजा कोइरालाको सफा नियतबाट आएका छैनन् र त्यसमा काँग्रेस एक्लो मात्र सम्मिलित छैन । यसमा माओवादी भित्रका केही मानिसले गरेका एकाध अपराध जिम्मेवार छैनन्, बरु इतिहासलाई उल्टो दिशातिर लैजान चाहनेहरुको योजनाबद्ध मुभ छ । इतिहासको गतिलाई रोक्नकै लागि कहिले प्रेस स्वतन्त्रताको खोक्रो नारा अलापिएको छ, त कहिले अधिनायकवादको कागजी हौवा । यसमा कान्तिपुर पनि सम्मिलित हुनु हामी आम पाठकका लागि निराशाको कुरो भएको छ ।
मलाई लाग्छ, कान्तिपुरले मेरो कुरो सुन्दैन । सुन्नुपर्छ भन्ने पनि छैन । पूँजीपतिहरुको पोल्टोमा ठूला संचारमाध्यामहरु हुन्छन् । प्रेस स्वतन्त्रताको कुरो त नारा मात्रै हो, व्यवहारमा पूँजीपतिहरुको इन्ट्रेष्टमा संचारसंस्थाहरु चल्छन् । त्यसैले तल्लो तहको जनताको सत्य प्राथमिकतामा पर्दैनन् । त्यसैले हामी सामान्य पाठकहरुलाई लाग्दैछ, कान्तिपुर सिधा राजनीति गर्ने हैसियतका साथ उपस्थित भैसकेको रहेछ । यसले निश्चित वर्गको सिधा पक्षपोषण गरिरहेको स्पष्ट हुन थालेको छ । हामी पाठकहरु ध्रुविकृत भैरहेका छौं, तपाईंलाई जानकारी नभए यही पत्रमार्फत जानकारी होस् । तपाईंहरुलाई साधुवाद !
युग पाठक
हेटौंडा

कान्तिपुरलाई एउटा पाठकको खुला पत्र

No comments:
Post a Comment