किशोर दहाल
मलाई
हाम्रो देशमा विदेशी पर्यटकहरु
ठगिएको, लुटिएको, दुःख पाएको,
उनीहरुको सामान चोरिएको तथा
उनीहरुमाथि यौन तथा
अन्य दुव्र्यवहार भएको
घटनाले सा¥है
पीडा दिन्छ ।
कहिलेकाहिँ सुनिने यस्ता समाचारले
मलाई मर्माहत तुल्याउँछ
। ठाउँठाउँमा उनीहरुलाई
जबर्जस्ती सामान बिकाउन खोजेको,
सामान नकिने फोहोरी
गाली गरेको, पैसा
मागेको देख्दा मन कटक्क
खान्छ । उनीहरुको
इच्छा र विश्वास
विपरीत उनीहरुमाथि हुने जुनसुकै
हर्कतले पनि हामीप्रतिको
उनीहरुको धारणा नकारात्मक बन्न
सक्छ । यसले
अन्ततः देशकै बेइज्जत हुन्छ
। उनीहरुले यहाँबाट
फर्केर आफ्ना साथीहरुसँग भन्न
सकुन्– नेपालीहरुको सहयोगी र
सौम्य व्यवहारले प्रभावित
भएँ ।
....
उपेन्द्र
दाई (उपेन्द्र लामिछाने,
नागरिक दैनिक)को योजना
अनुसार म उहाँसँगै
दिउँसो भक्तपुर दरबार स्क्वायर
पुगें । बिस्केट
जात्रा अन्तर्गत आज लिंगो
ढाल्ने दिन ।
जात्रा त खासै
हेरिएन । अन्य
रमाइलो बढि भयो
।
मलाई काठमाण्डौं फर्कनुपर्ने बाध्यता
र उपेन्द्र दाईलाई
लिंगा जुधाएको फोटो
खिच्ने रहर भएकोले
हामी छुट्टियौं ।
म हिँड्दै सूर्यविनायकसम्म
आएँ । बेलुका
गाडी नपाइने र
पाए पनि जात्रा
हेरेर फर्किनेको भीड
हुनसक्ने डरले म
हतारिएको थिएँ ।
अत्याधिक
भीडका बीच म
एउटा बसमा चढें
। अरु पनि
चढें । गाडी
हिँड्यो । त्यसपछिको
स्टेसनमा पनि बस
रोकियो । गाडीमा
चढ्नेको भीड यहाँ
पनि उस्तै थियो
। र, भीडको
बीचमा थिइन्– एउटी
गोरी युवती ।
जुनसुकै देशको होस्, कुइरिनी
वा अम्रिकाने भनौं,
कुरा स्पष्ट हुन्छ
। भीडका बीच
उनी जसोतसो भित्र
कोचिइन् । उनी
अप्ठ्यारो–अप्ठ्यारो अङ्ग्रेजी बोलेर
केही भन्थिन् ।
छेउका केही युवा
साथीहरु ‘ओके–ओके’
भन्थे । कहिलेकाहिँ
मुस्कुराउँथे, उनी पनि
मुस्कुराउँथिन् । सायद
उनले यस्तो अनुभव
पहिलो पटक गर्दैथिइन्
कि ! उनीहरुको देशतिर
यस्तो नहोला जस्तो
लाग्छ । जेसुकै
होस्, गाडीको भीड,
कोचामकोच उनीहरुलाई असहज मात्रै
होइन, अचम्म पनि
लाग्ला । उता,
गाडीमा भीड झन्झन्
बढ्दै थियो ।
केही
समयपछि पछाडितिरका केही यात्रु
ओर्लने भए ।
उनीहरु अगाडि बढे, त्यसको
सट्टामा म, त्यही
युवती र अन्य
केही पछाडि धकेलियौं
। सेकेण्ड लास्ट
सिटको अगाडि पुग्यौं
। यहाँ अलि
सहज थियो ।
उनी र म थोरै छोइएर
उभियौं । भीडमा
कोही न कोही
बोलिरहन्थ्यो । हामी
हाँस्थ्यौं, उनी मुस्कुराउँथिन्
। गाडी एकछिन्
कुद्थ्यो, फेरि रोकिन्थ्यो,
फेरि कुद्थ्यो ।
हामी पछाडि भएकोले
अगाडि गेटबाट चढेका
यात्रुको भीड र
घुस्साले हामीलाई प्रभाव पार्न
छाड्यो । मैले
मोबाइल झिकें र फेसबुक
रिफ्रेस गरें ।
मसँगै
तिनै गोरीले पनि
म्यासेन्जर खोलिन् । आफ्नो
आइफोन सेटमा उनी
निकै छिटो टाइप
गर्न थालिन् ।
मेरै आँखै अगाडिको
दृश्य भएकोले मैले
चाहे पनि, नचाहे
पनि उनको म्यासेज
हेर्न पुगें ।
उनले आफू बसमा
भएको, भीड रहेको,
लेडिजहरु पनि उभिएको
जस्ता जानकारी लेखिएको
हुनसक्ने केही अङ्ग्रेजी
शब्दको आधारमा अनुमान लगाएँ
। उनको मूल
भाषा अङ्ग्रेजी इतर
रहेको पनि बुझें
। त्यसपछि बसको
प्यासेजको अघिल्तिर उभिएका मानिसको
फोटो लिइन् ।
त्यहाँको भीड उनको
मोबाइलमा कैद भयो
। र, उनले
मोबाइलमै नोट लेख्न
थालिन् । तर,
अङग्रेजीमा बस लेखिएको
भन्दा बाहेक बाँकी
शब्द बुझिदैन ।
सायद, उनी आफ्नै
खास भाषामा अभिव्यक्त
भइरहेकी थिइन् ।
उनले
आफूले बोकेको ब्याग
बसको सिट माथिको
‘क्यारियर’मा राखिन्
। त्यसपछि पानीको
बोतल र मोबाइल
। मोबाइल राखेपछि
मलाई चाहिँ अप्ठ्यारो
लाग्यो । कसैले
चोरिदिने पो हो
कि भन्ने डर
। गाडीमा मोबाइल
हराएको घटनाको भुक्तभोगी आफू
स्वयम् पनि भएकोले
मेरो शंका सघन
थियो । मोबाइल
हराउँदा गाडीमा जम्मा छ
जना यात्रु थियौं,
अहिले त निकै
भीड थियो ।
उनलाई
मोबाइल त्यसरी राख्दा हराउन
सक्ने बारे सचेत
गराउँ कि जस्तो
लाग्यो । तर,
उनको प्रतिक्रिया कस्तो
आउला ? दोधारका बीच म
चुप लागिरहेँ ।
तर, उनलाई भन्न
सकिनँ ।
सायद
उनले सुनेकी हुनसक्छिन्–
नेपालीहरु इमानदार हुन्छन् ।
त्यसैले त त्यो
‘आँट’ गरिन् ।
तर, लोभ इमानदारीभन्दा
माथि हुन्छ ।
कसको विवेकलाई कतिबेला
लोभले जित्छ, के
ठेगान ?
हाम्रो
ठीक अगाडिको सिटमा
तीनजना बसेका थिए ।
दुईजना युवाले एउटी युवतीलाई
केही छिन अघिमात्रै
बस्न दिएका थिए
। त्यो गोरी
युवती पनि त्यही
सिटमा कोचिइन् ।
उपलब्ध थोरै ठाउँको
सदुपयोग गरेकी थिइन्, उनले
। बस्नुअघि कसैलाई
सोधिनन् । बसिसकेपछि
‘सरी मलाई गा¥हो भयो’
भनिन् र लामो
सास तानिन् ।
हाम्रो निम्ति पो कोच्चिएर,
उभिएर, झुण्डिएर यात्रा गर्नु
साधारण हो ।
हामी त उस्तै
परे घण्टौंको यात्रा पनि
उभिएरै पूरा गरिदिन्छौं
। उनलाई गा¥हो भएको
हुनसक्छ । केही
बर्ष नेपाल बसिन्
भने बानी पर्लिन्
। एकैछिनमा दुइमध्ये
एउटा युवा ओर्लियो
। उनले झन्
बढि ठाउँ पाइन्
। अब, उनी
आँखा चिम्लेर आराम
गर्न थालिन् ।
संसारबाट बेखबर रहेको जस्तो
गरिन् । यसबीच
उनको मोबाइल क्यारियरमै
थियो ।
अन्तिमको सिटको एकजना
मानिस पनि उत्रिएपछि
म त्यहाँ बसें
। मेरो डर
बल्ल सुरु भयो
। त्यो मोबाइल
कसैले खुसुक्क चोरिदियो
भने उनी के गर्लिन्
? यसबीच मैले आफू
भाषा नबुझ्ने कुनै
देश पुगेको, मोबाइल
चोरी भएको, पुलिस
प्रशासनमा खबर गरेको,
खासै सहयोग नपाएको,
भाषाको कारण हैरानी
बेहोरेको, त्यो देशमा
चोरी हुन्छ भनेर
साथीहरुलाई सुनाएको, साथीहरुले त्यो
देशलाई गाली गरेको
जस्ता लामो शृङ्खला
कल्पना गरें ।
उनको पनि मोबाइल
चोरी भयो भने
उनले कति हैरानी
बेहोर्नुपर्ला ? नेपालीप्रति उनको धारणा
कस्तो रहला ? उनको
अनुभव सुनेर उनको
साथीहरुले के भन्लान्
? ‘मोबाइल चोरी हुने
देशमा’ उनीहरु घुम्न आउलान्
? उनले नेपालमा घुम्न जानुस्
भनेर अरु कसैलाई
सिफरिस् गर्लिन् ?
गाडीमा
यात्रु चढ्ने र ओर्लने
क्रम जारी थियो
। अगाडिका केही
युवाहरु पछाडि आइपुगे ।
अनुहारले
मान्छेको खास परिचय
बोल्दैन भन्ने कुरा मलाई
पनि लाग्छ ।
तर, केही अनुहार
यस्ता हुन्छन्, जसले
उसप्रति अकारण शंका बढाउँछ
। यी नयाँ
यात्रुमध्ये एउटाको अनुहारमाथि मलाई
शंका लाग्न थाल्यो
। त्यसमाथि उसले
आफ्नो एउटा हात
त्यही मोबाइल भएकै
ठाउँमा पु¥याएपछि
मलाई झनै औडाह
भयो । त्यो
केटोमाथि मेरो दृष्टि
चनाखो भयो ।
मेरो दृष्टि पूर्णरुपले
उसकै हातमा केन्द्रित
हुनथाल्यो । त्यस
केटाले चाल पायो–
त्यहाँ मोबाइल छ । उसले अलिकति
तन्किएर मोबाइल पनि हे¥यो ।
अनि, वरिपरिका यात्रुमाथि
नजर दौडायो ।
ऊ घरिघरि मोबाइल
समात्थ्यो र अन्य
यात्रुमाथि नजर जगाउँथ्यो
। ऊ उपयुक्त
मौकाको खोजीमा रहेको मैले
अनुमान लगाएँ । मेरो
अनुमानको रङ झन्
बढि गाढा भएझैं
लाग्दै थियो ।
उता, मोबाइलवाला युवती
सिटमा आनन्द लिइराखेकी
थिइ । उसलाई
उसको कारण ममा
बेचैनी बढेको थाहा थिएन
।
त्यो
केटा अस्थीर भएजस्तो
गर्न थाल्यो ।
उसले मोबाइल समातेको
थियो । तर,
छटपटि ममा बढिरहेको
थियो । केटोले
मोबाइल झिकेर गोजीमै राख्यो
भने मैले के
गर्नुपर्ला ? के त्यसको
घाँटी समाउनु पर्ला
? मलाई भाउन्न भइरहेको थियो
। उता केटोले
मोबाइल समातिरहेको छ, यता
मलाई भने कसैले
आफ्नो घाँटी समातेजस्तो
भइरहेको छ ।
भद्रकाली छेउमा आएर
गाडी रोकियो ।
मलाई जुरुक्क उठेर
युवतीलाई भन्न मन
लाग्यो– तिम्रो मोबाइल सु्रक्षीत
राख, नत्र चोरी
हुन सक्छ ।
म कुन आँट
र आवेगले उठें,
थाहा छैन ।
सिटबाट जुरुक्क उठें ।
मभन्दा ठीक अघि
उभिएको केटो त्यहीं
ओर्लने रहेछ ।
ऊ अघि बढ्दा
त्यस युवतीलाई धक्का
दियो । युवती
ब्युझिँएजस्तो गरिन् र जुरुक्क
उठिन् । मोबाइल
समातेको केटो थोरै
हच्कियो र मोबाइल
छाड्यो । युवतीले
आफ्नो मोबाइल समाइन्
। मलाई बर्षौ
पू्रानो काँडा झिकेजस्तो भयो
। र, पूनः
सिटमा गएर बसें
। अनि, फेसबुक
र ट्विटर दुवैतिर
लेखें– ‘र, एउटा
डर समाप्त भयो
!!’
No comments:
Post a Comment