किशोर दहाल /
कलेजबाट फर्किदै गर्दा एकजना महिलाले रोकिन् र सोधिन्- “गाडीले बिद्यार्थीलाई भाडा कति लिन्छ ?” मैले आफू नियमित गाडी चढ्नु नपर्ने भएकोले गाडी भाडाको बारेमा जानकारी नभएको बताएँ । साथै, पुरानो अनुभवको आधारमा बिद्यार्थी कार्ड देखाएपछि १०/११ रूपैयाँ लिन्छ कि भनेर अनुमान तेस्याएँ ।
ती महिलाको अनुहार र आवाजमा आक्रोश थियो, भाडा उठाउने कण्डक्टरप्रति वा भनौँ समग्र सवारी साधनप्रति । उनी कताबाट गाडीमा फर्केकी थिइन्, मलाई जानकारी भएन । मैले सोध्ने मौका पनि पाइनँ । किनकि, उनी एकोहोरो बोलिरहिन् । आक्रोश उकेलिरहिन् । गाडीभाडा हजारौं गुणा बढेको (?) उनले बताईन् । मलाई लाग्छ, उनले गाडीमा कण्डक्टरसित पनि निकै बहस गरेकी हुनुपर्छ । किनकि उनको आक्रोश यस्तो पनि थियो- “तिनीहरूको गाडीमा हाल्ने तेलको भाउ बढ्यो रे । हाम्रो पनि त भान्सामा चाहिने रासनको भाउ बढेको छ नि ! त्यसले आफ्नोमात्र कुरा गर्न सुहाउँछ ?”
कण्डक्टरले आफ्नो मात्रै कुरा गर्न सुहाउँछ कि सुहाउँदैन मलाई के थाहा ? तर, म ती महिलाबाट छुट्टिन चाहन्थेँ । कलेजबाट फर्किने थेरैको मूल बाटो भएकोले पनि मलाई अप्ठ्यारो महसुस भइरहेको थियो । तर, ती महिला धाराप्रवाह बोलिरहेकी थिइन् । म भने बीच-बीचमा हो-हो थपिरहेको थिएँ ।
ती महिलालाई मैले यस अघि कहिल्यै देखेजस्तो लाग्दैन । अब पनि कहिल्यै भेट्दिन होला । वा, भेटेर पनि नचिन्न सक्छु । तर, मैले भन्न वा लेख्न चाहेको कुरा के मात्रै हो भने मान्छे किन त्यसरी उत्तेजित वा आक्रोशित हुन्छ ? सामान्यतया आक्रोशित जो पनि हुन्छ । म पनि हुन्छु । कति पटक आफैं भित्र रूदैं पनि हिडिन्छ । तर, त्यो आक्रोश वा आँसु त्यसरी अपरिचित त परको कुरा परिचितसँग पनि पोखिदैन । ती महिलाले पनि आफुभित्रका तमाम असन्तुष्टि आफ्नै घर पुगेर परिचित वा आफ्ना आत्मियसँग साट्न सक्थिन् तर उनी किन त्यति अधैर्य ?
मूल्यबृद्धिका कुरा हाम्रो दैनिक व्यवहारसँग मात्रै होइन सरकार, सत्ता, राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यापार र वादसँग पनि जोडिएका छन् । त्यसको दायरा अझै ठूलो छ भन्दा फरक नपर्ला । त्यसैले त ‘मूल्यबृद्धि’ चुनाबी घोषणापत्रको प्राथमिक नारा हो । हाम्रो जस्ता विकासोन्मुख देशमा त झन् अनिवार्य नारा हो । तर, भईदिन्छ कस्तो भने चुनाबको गर्मी सेलाए पछि सरकारको भन्दा बढि मूल्यबृद्धिकै चर्चा हुन्छ । आफैले भोट दिएको पार्टीले मूल्यबृद्धि गराएको आरोप सघन हुन्छ । बिचरा नागरिक पार्टीले चुनाब जित्न आफ्नो भोट पर्याप्त भएको भ्रममा हुन्छ । तर, त्यही भोट पाउन पार्टीले कुन-कुन सर्तमा व्यापारीबाट नोट लिएको छ भन्ने पत्तो पाउँदैन । अचम्म त यो छ, पार्टीहरूले भोट दिने जनताका गुण तिर्दैनन् तर नोट दिने व्यापारीलाई भने कैयौं गुणा बढि गुण तिर्छन् ।
तर, ती महिलालाई यतातिर पत्तो छैन । वा, नभएजस्तो गर्छिन् । हुन त यो देशको राजनीति सामान्य मानिसको बुझाई र विश्लेषण क्षमताबाट फुत्किएको उहिल्यै हो । नागरिक पनि अचम्मका छन् । बिरोध र समर्थन मुद्दा हेरेर नभई पार्टी हेरेर गरिन्छ । सरकार कुन पार्टीको छ भनेर सडकमा मुद्दा र नारा तय हुन्छन् । महिलालाई नेपाली नागरिकको यो ‘दहिचिउरे’ प्रवृत्तिसँग पनि निकै रिस उठेको रहेछ । उनले भनिन्- “नेपालीहरू कुकुर हुन् ।“
खासमा नेपालीहरू के हुन् ?

(२०६९
बैशाख
२५ गतेको डायरीमा यस्तो लेखिएको रहेछ ।)
No comments:
Post a Comment